गणतन्त्रको हत्यारा केपि ओलि हुन् -पहिचान बादी नेता कुमार लिङदेन
धनगढीमा के.पि. प्रधानमन्त्री ओलिले सच्चा कम्युनिस्ट पार्टीको नेता कहलिएर भाषण छटिरहदा यता कैलाली कै राजिपुरमा पहिचान बादी नबाेदित नेता कुमार लिङदेन मिराक तपाईहरूले कति न ठुलाे र सिद्धान्त बादी ठानेर नेता मानिरहेको गणतन्त्रको हत्यारा केपि ओलि हाम्रो नजरमा एउटा फिस्टो सरिको हो । गत चुनावमा चुनाव जित्ने हैसियत नभएर राप्रपा सित तालमेल मिलाएर बल्लतल्ल चुनाव जितेको हो । त्यो गणतन्त्र, सँघियता, धर्मनिरपेक्षता र समाबेशी लोकतन्त्र बिरोधी नस्ल बादी हो भनेर कुर्लीरहनु भएको थियो ।
सहास्तित्व सहितको पहिचान बादी सँघिय लोकतान्त्रिक मन्त्रका अध्यक्ष कुमार लिङदेन मिराक सहितकाे टिम विगत एक हत्ता देखि सात नम्बर प्रदेशको कैलाली र कंचनपुरका विभिन्न स्थानहरुमा गरेर आज सम्म ६ वटा आमसभा तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरिसकेका छन । अहिलेसम्म पुर्बी नेपालमा मात्र सिमित रहेको पहिचानको आन्दोलन अब सातवटै प्रदेशमा फैलिसकेको छ भने पाैष २५ गते कैलाली कै टिकापुरमा कार्यक्रम हुन्दैछ बताउनु भयो । उक्त कार्यक्रममा दलित सिल्पी मन्च, आदिवासी जनजाति, खसान राष्ट्रिय सँघर्स समिती र थरुहटको साथ र समर्थन रहेको छ । समाजिक संजाल बाट


