८ कार्तिक २०८१, बिहीबार

गरिब असहाय परिवारलाई सहयोग गर्दै आएका अजीज तैयबी मदनीको निधन

एसीपी संवाददाता

१३ माघ २०७६, सोमबार १४:५८ मा प्रकाशित

कृष्णनगर,कपिलवस्तु माघ १३
कपिलवस्तुको कृष्णनगर मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया मा १९८६ देखि शिक्षा दिदै आएका समाजिक र धार्मिक सहिष्णुता सदैव कायम गरि समाजमा रहेका गरिब असहाय परिवार लाई सहयोग गर्दै आएका शेख अब्दुल अजीज तैयबी मदनी को ७१ बर्ष को उमेरमा हृदय घात को कारण ले वहाको मृत्यु आज बिहान आठ बजे भएको छ।
जन्म १९४८ मा भारतको जिल्ला सिदार्थनगर दुधवनिया मा भएको र आफ्नो उच्च शिक्षा साऊदी अरब को मक्का मा प्राप्त गरि जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर मा शिक्षा दिदै थिए वहा समाजिक र धार्मिक काम मा बढी सहयोग गर्दै आएको ले केही दिन अगाडी राष्ट्रीय मदरसा संघ नेपाल ले एक कार्यक्रममा मदनी लाई सम्मानित समेत गरेका राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्कीले बताउनु भयो।
मदरसा का अध्यक्ष समीम अहमद नदवी केही दिन अगाडी तिर्थयात्रा गर्ना को लागि साऊदी अरब को मक्का मा हुनाको ले वहा को अन्तिम संस्कार मा आफू उपस्थित न भई मुस्लिम धर्मावलम्बिहरुको प्रमुख तिर्थ स्थल मक्का बाटै वहाको आतमा को चिर शान्ति र जन्नत मा आला मुकाम पाऊनको लागि प्राथना गरि यस्ता दुखद समयमा शैख अब्दुल मन्नान सल्फी,प्र.अ.शैख खुर्शीद शल्फी,शैख अब्दुल रसीद मदनी,राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा अब्दुल गनी अलकुफी लगायत पुरै मदरसा परिवार वहा को परिवार को साथ दिने प्रतिबद्धता समेत जनाएका छन।
वहाको देहान्त ले पुरै प्रदेश का मुस्लिम समुदाय दु:खी भएको र उहाले आफ्नो जिवन कालमा दिएका योगदान प्रति हामी अभारी रहेको र वहा प्रति प्रदेश का मुस्लिम समुदाय ले जन्नत माआला मुकाम पाऊन को लागि प्रार्थना गर्दै शोक कुल परिवार को साथ मा प्रदेश का जनता र ५नं.प्रदेश मदरसा बोर्ड परिवार वहा को साथ रहेको मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खा नेपाली ले बताउनु भयो
वहाको अन्तिम शंस्कार आज ४ बजे दुधवानिया को काब्रिस्तान मा हुने समय निश्चित भयेको अलकुफीले बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x