२ श्रावण २०८३, शनिबार

गर्भपतनसम्बन्धी नयाँ कानुनी प्रावधानविरुद्ध प्रदर्शन

एसीपी संवाददाता

८ कार्तिक २०७७, शनिबार ०५:१५ मा प्रकाशित

फाइल तस्बिर

पोल्याण्डमा गर्भपतनसम्बन्धी जारी गरेको नयाँ कानुनी प्रावधानविरुद्ध विशाल प्रदर्शन भएको छ।

शुक्रबार दिउँसाे र राति हजारौं मानिसहरुले नयाँ कानुनी प्रावधानले महिलाका माैलिक अधिकार खाेसेकाे भन्दै प्रदर्शन गरेका हुन् ।

पोल्याण्डमा यूरोपका कतिपय देशको तुलनामा यसअघि नै गर्भपतनसम्बन्धी कडा कानुन विद्यमान रहेको थियो । तर बिहीबारका दिन संवैधानिक अदालत (प्राधिकरण)ले यसअघिका प्रावधानलाई झनै कसिलो बनाएको हो । यो अदालतमा अधिकांश सदस्य सत्तारुढ पार्टी निकटका रहेको द गार्जियनले उल्लेख गरेको छ । 

नयाँ प्रावधान अनुसार, गर्भमा शिशुको विकास हुन नसकी आमाको स्वास्थ्यमा असर पर्ने अवस्थामा मात्रै गर्भपात गर्न मिल्ने छ । तर यो प्रावधानले स्वास्थ्यमा जटिलता हुने कतिपय अन्य अवस्था र सामान्य अवस्थामा समेत बच्चा जन्माउने या नजन्माउनेसम्बन्धी महिलाहरुको ‘छनेटको अधिकार’ कुण्ठित गरेको भन्दै प्रदर्शन उग्र भएको हो । 

बिबिसीका अनुसार, विद्यमान कानुनी जटिलताका कारण वैधरुपमा हरेक वर्ष जम्माजम्मी दुई हजार गर्भपतनका घटना हुने भएपनि अवैधरुपमा भने हरेक वर्ष दुई लाख बढी असुरक्षित गर्भपतन हुने गर्दछन् । 

दि गार्जियनका अनुसार, बिहीबार नयाँ संशोधन जारी भएपछि शुक्रबार बिहानैदेखि  राजधानी वार्सा, पोज्नान, रोक्लअ, क्राको लगायतका कैयन सहरमा विशाल प्रदशर्नन भएका हुन् । 

सरकारले कोरोना भाइरस संक्रमणका कारण मुख्य सहरहरुमा १० जना भन्दा बढी जम्मा हुन नपाइने गरी निर्देशन दिएको भएपनि प्रदर्शनकारी भने हजारौंको संख्यामा जुलुसमा सहभागी भएका छन् । 

शुक्रबार बिहान वार्साका गृह राज्यमन्त्रको घरबाहिर प्रदर्शनकारी र प्रहरीबीच हिंश्रक झडपसमेत भएको बिबिसीले जनाएको छ । तर साँझ उनीहरु फेरी मन्त्री निवासअघि जम्मा भएर प्रदर्शन गरेका थिए ।नयाँ पत्रिका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x