१ श्रावण २०८३, शुक्रबार

गाईको गहुँतबाट यस्तो फाइदा, जान्नुहोस

एसीपी संवाददाता

२ कार्तिक २०८१, शुक्रबार ०९:०८ मा प्रकाशित

काठमाडौं । हिन्दु धर्म अनुसार गाईको गहुँत अत्यन्तै पवित्र र राम्रो वस्तुको रुपमा व्याख्या गरिन्छ । मानिसहरुलाई पवित्र बनाउन तथा विभिन्न धार्मिक कामहरु गर्नको लागि गाईको गहुँत अनिवार्य प्रयोग गरिन्छ ।

मर्दा पर्दाका विशेष धार्मिक कामकाजमा गाईको गहुँत अनिवार्य छ । अनादिकालदेखि गाई र गाईको गहुँतलाई यसरी प्रयोग गरिदैं आइएको भएपनि यसको महत्व बारे हामी अझै जानकार छैनौं । अब जानौं यसको वैज्ञानकि आधार के छ ?

गाईको गहुत शुद्धताको प्रतिक हो , यो हाम्रो धार्मिक विश्वास पनि हो । गहुत खादाँ बेफाईदा होइन फाइदा हुने वैज्ञानिकहरु बताउँछन् । अमेरिकामा गाईको गहुँत बारे शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ । अहिले गौमुत्रको प्रयोग गरि बनाइएका औषधीहरु प्रयोगमा आइरहेका छन् ।

भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ । वैज्ञानिहरुले गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने क्षमता हुन्छ, भन्ने प्रमाणित गरेका छन् ।

गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मल हाली गरिएको खेतीबाट तरकारी तथा फलफुलमा विभिन्न खालका देखिएका समस्या हल गरिएको छ । युरोप र अमेरिकालगायत अन्य शहरमा गाईको गोबर र गहुँतको प्रयोग गरि अग्रानिक खेती गर्ने क्रम बढ्न थालेको छ ।

वैदिक सनातन धर्मावलम्बीले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धान गर्न थालेको छन् । ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै यी कुरालाई पवित्र मानेका थिए । यस विषयमा वैज्ञानिकले अहिलेमात्र अध्ययन तथा अनुसन्धान गर्दैछन् ।

केही नभएर स्थानीय जातको गाईको गहुँत (पिसाव) लाई प्रशोधन गरेर बनाइएको अर्क थियो । अर्क खान थालेपछि ग्याष्ट्रिक लगायतका पेटका समस्या निको भएको बताइन्छ ।

गाईको दूधमा ‘ओमेगा ३’ नामक तत्व पाइन्छ । यसले स्मरण शक्ति बढाउने र ‘सेरी ब्रोसाइड’ नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गाईको गहुँतमा ‘कक्र्युमिन’ नामक तत्व पाइन्छ जुन ‘एण्टी क्यान्सर ड्रग’ हो ।

यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गहुँतमा अन्य २४ तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यक्ता पूर्ति गरी निरोगी बन्न सहयोग पुर्याउँछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x