१ श्रावण २०८३, शुक्रबार

गाउँपालिका अध्यक्ष कक्षपतिलाई कोरोना संक्रमण

एसीपी संवाददाता

२८ भाद्र २०७७, आईतवार १३:४४ मा प्रकाशित

बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपतिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँले शनिवार भेरी अस्पतालमा स्वाब दिनुभएको थियो ।

‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हिंजो स्वाव दिएको थिए उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘आज रिपोर्ट पोजेटिभ आएको छ, अहिले आइसोलेसनमा बसिरहेको छु ।’

पाँच दिन अघि ज्वरो, रुघाखोकी र शरिर दुख्ने समस्या भएपछि उहाँ होमआइसोलेसनमा बस्नुभएको थियो । अहिले भने उहाँले आफ्नो अवस्था सामान्य रहेको बताउनुभएको छ ।

जनताको नियमित काममा खटिरहेकै बेला आफुलाई संक्रमण भएको भन्दै उहाँले संक्रमणमुक्त भएलगत्तै फेरि जनताकै सेवामा खटिने विश्वास व्यक्त गर्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x