३१ श्रावण २०८३, आईतवार
‘गिनिस बुक अफ वर्ल्ड रेकर्ड्स’बन्दै
खोटाङमा जन्मिएका अन्तर्राष्ट्रिय पार्कर खेलाडी २९ वर्षीय दिनेश सुनारले ‘गिनिस बुक अफ वर्ल्ड रेकर्ड्स’ मा पाँचौ पटक नाम लेखाउने प्रयासमा छन्।
यसअघि चार पटकसम्म विश्वकीर्तिमान राखिसकेका सुनारले अहिले ३० सेकन्डमा १२ पटकसम्म ‘फुल ट्विस्ट ब्याक फ्लिप’ गरेको बीबीसीलाई बताए।
अहिले अमेरिकामा रहेका उनले भने, “यस विधाअन्तर्गत यसअघिको आठ पटकसम्मको कीर्तिमान मैले भङ्ग गरेको छु।”
तर आफ्नो कीर्तिमानले औपचारिक मान्यता पाउन भने केही दिन लाग्न सक्ने उनको भनाइ छ।
खेलेर जीवन धान्न सकस भए पनि पार्करलाई ओलिम्पिक्ससम्म पुर्याउने आफ्नो लक्ष्य भएको उनी बताउँछन्।
उनीसँगको कुराकानीका आधारमा कमल परियारले तयार गरेको यो भिडिओ हेर्नुहोस्। बिबिसि
Subscribe
Login
0 Comments


