३२ असार २०८३, बिहीबार

गिरिजा बाबू दरबारमा गई कहिल्यै पनि दशैंको टिका थाप्नु भएन

एसीपी संवाददाता

६ जेष्ठ २०८२, सोमबार २२:४५ मा प्रकाशित

जय प्रकाश आनन्द ,  काठमाडौं ;- गिरिजा प्र. कोईराला धेरै पटक प्रधान मंत्री हुनु भयो। राजाकै शासनमा धेरै पटक प्रम हुनु भयो।

दरबारमा गई कहिल्यै पनि, एक पटक पनि दशैंको टिका थाप्नु भएन। मातृका प्रसाद कोईराला बाचुन्जेल ठुल्दाजुको हातबाट साईतको टिका थाप्ने भनेर बिराटनगर पुग्नु हुन्थ्यो। न भए बानेश्वर। तेस निम्ति नारायणहिटी कहिल्यै टेक्नु भएन।

गिरिजा प्रसाद सबै पटक प्रमका साथ राजदरबार सम्बन्धि विभागीय मंत्री समेत रहनु भयो। दरबारीया समारोहको प्रोटोकलमा उहाँको नाम हुन्थ्यो। छापिएको पनि हुन्थ्यो। अन्तर्यामी दरबारले सबै कुरा जानेको थियो। बुझेको थियो।

न त राजा स्वयंले, न त पशुपतिभक्त महर्जनका माध्यमबाट प्रम तपाई दरबारले न आई दिने? दरबारको अवज्ञा गर्ने भनी कहिले भनेन।

कुराको बुझाई मन मनै हुन्थ्यो। म प्रति कोईराला ‘आध्यात्मिक भक्तिभाव’ राख्दैनन् अथवा राजनीतिक प्रयोजनका लागि बाहेक सभक्ति राजतन्त्र मानेका छैनन् यति बुझ्ने तीक्ष्णता त दरबारको थियो नै। तर, दरबार तेता लागेन।

दरबार भित्ता तिर न धकेलिंदासम्म संरक्षक र संहारक दुबै थियो। प्रम हुनेहरूलाई दाम राखेर ढोक्न लाउथे। तैपनि आफ्नो मर्यादा एवं गरिमाका लागि चुप बस्दथ्यो।

सन्दर्भ ; बालेन शाहको पोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x