११ जेष्ठ २०८१, शुक्रबार

गुरुकुल सहकारी द्वारा सरसफाइ कार्यक्रम

एसीपी संवाददाता

३ फाल्गुन २०७६, शनिबार १३:४६ मा प्रकाशित

सलामत अलि शेख  फागुन ३ गते । नेपालगन्ज उप–महानगर पालिका वडा नम्बर २२ मा रहेको बाबाकुट्टी मन्दिरमा शनिबार सरसफाइ कार्यक्रम गरिएको छ ।
गुरुकुल बचत तथा ऋण सहकारी संस्थाको आयोजना उक्त सरसफाइ कार्यक्रम गरिएको हो । ‘दिगो विकास, लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मुल नाराका साथ सहकारीको सातौ सिद्धान्त अनुरुप सामाजिक मुल्य र मान्यता अनुसार सहकारीले प्रत्येक महिनाको पहिलो हप्ता गदैं आएको सरसफाइ अनुसार बिहान ७ बजेदेखि १० सम्म सरसफाइ गरेको बताईएको छ ।संस्कृतिको मुल्य मान्यता अनुसार पुराना बस्तुहरुको संरक्षण र प्रवद्र्धन लागि बाबाकुटी मन्दिर भित्र रहेका मन्दिरका सम्पूर्ण वस्तु लगाएत मन्दिरको परिसर वरिपरी सरसफाइ गरिएको सहकारीका अध्यक्ष सुरेन्द्र सिंह सरदारले जानकारी दिएका छन् । बाँके जिल्ला बचत तथा ऋण सहकारी संघ का सचिव र यस संस्था का पुर्व अध्यक्ष , वर्तमान सल्लाहकार श्रि प्रेम बहादुर शाह , संस्था का अध्यक्ष श्रि सुरेन्द्र सिंह सरदार , लेखा संयोजक श्रि सुर्य नाथ योगी लगायत सम्पुर्ण पदाधिकारी , कर्मचारी र त्यसै वडाका वडाध्यक्ष श्रि विध्या राम वर्मा को उपस्थितीमा सरसफाई अभियान कार्यक्रम सम्पन्न गरिएको व्यवस्थापक टिकाराम चौधरीले बताए

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x