गुलरिया नगरपालिकामा सफलतापूर्वक गर्ल्स टेकओभर कार्यक्रम सम्पन्न
बाँके युनेस्को क्लब ले गर्ल्स स्ट्यान्डिङ स्ट्रङ्ग परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा गुलरिया नगरपालिकामा सफलतापूर्वक गर्ल्स टेकओभर कार्यक्रम सम्पन्न गरेको छ ।
बालिकाहरुलाई रोल मोडेल बन्न सक्ने क्षमताको बिकाश गर्न र भविष्यमा नेतृत्वदायी भूमिकाको सपना देख्न प्रोत्साहित गरेर उनीहरूलाई सशक्त बनाउने उद्देश्य साथ गरियको उक्त कार्यक्रममा प्रगति किशोरी क्लबकी सदस्य नाजिया खानले एक दिनका लागि उपमेयर सावित्रा गौतमको पदभार ग्रहण गरेकी हुन् । कार्यक्रममा सहभागी किशोरी क्लब का सदस्यहरुले एक का लागि नमुना उपमेयर बनेकी खान लाइ बालबालिका तथा किशोरीहरुका सवालका बारेमा आफ्ना जिज्ञासा राखेका थिए ।
नाजियाले आफ्नो ज्ञान प्रयोग गरेर यी मुद्दाहरूलाई सम्बोधन गर्ने प्रयास गरेकी थिइन जसले उनको आत्मविश्वासलाई उल्लेखनीय रूपमा बढेको महसुस गरेकी थिन साथै उपमेयरको भूमिकामा रहदा उनको जिम्मेवारी लिन सक्ने क्षमतालाई बढायो र उनलाई रोल मोडेल बन्न र समाजमा योगदान गर्न प्रयास गर्न प्रोत्साहित गरेको उनले बताइन । यसले उनलाई प्रभावकारी रूपमा समस्याहरू समाधान गर्न कौशल विकास गर्न मद्दत गरेको समेत जोड दिइन कार्यक्रमले नेतृत्व र राजनीतिको बारेमा सहभागीहरूमा आशा बढाएको सहभागीको बने रहेको थियो ।
यस प्लेटफर्मले एजीसी सदस्यहरूलाई बिना कुनै हिचकिचाहट स्थानीय सरकारका प्रतिनिधिहरूलाई सीधै आफ्ना समस्याहरू सुनाउने अवसर प्रदान गरेको छ । कार्यक्रमको संचालन फिल्ड सुपर्भैजर नग्मा मनिहारले गरेकी थिन भने अनुगमन मुल्यांकन अधिकृत अनु चौधरी, को उपस्थिति रहेको थियो ।




