३१ जेष्ठ २०८१, बिहीबार

घोराहीमा साँस्कृतिक डबली निर्माण हुने

एसीपी संवाददाता

१२ फाल्गुन २०७६, सोमबार १२:२८ मा प्रकाशित

दाङ : दाङको घोराहीमा साँस्कृतिक डबली निर्माण हुने भएको छ । उपमहानगरपालिका १८ घोडदौरामा प्रदेश सरकारको लगानीमा निर्माण हुने साँस्कृतिक डवली खुल्ला नाट्य घरको सोमवार मुख्यमन्त्री शंकर पोख्रेलले शिलन्यास गरे । नाट्यघर करीब साढे ११ करोडको लगानीमा निर्माण हुने भएको हो ।
बहुुबर्षीय योजनामार्फत पहिलो चालु बर्षमा साढे १ करोड बजेट विनियोजन भएकोमा ९७ लाखको टेण्डरमार्फत काम शुरु हुदै छ । विबिध संस्कृतीलाई प्रर्दशन गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले साँस्कृतिक डवली निर्माण थालिएको मुख्यमन्त्री शंकर पोख्रेलले जानकारी दिए ।
पाहुना राख्ने र पुराना कला संस्कृतीहरु देखाएर आर्थिक विकासका लागि डबली बनाउन लागेको उनको भनाई छ । साँस्कृतिक डबलीलाई सफल बनाउन प्रदेश सरकारले घोराहीदेखि घोडदौरा जोड्ने सडकलाई दिगो र स्तरबृद्धी गर्न बजेट विनियोजन गरिएको समेत जानकारी दिँदै उनले साँस्कृतिक डबली कला संस्कृतीको जगेर्ना र पर्यटन प्रबद्र्धन गर्ने आधार भएको उल्लेख गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x