१२ मंसिर २०८३, शुक्रबार

चिनका विदेश मन्त्री वांगको भ्रमणको विरोध गर्दै उइगर मुस्लिम समुदायको विरोध प्रदर्शन

एसीपी संवाददाता

१३ चैत्र २०७७, शुक्रबार ०१:१९ मा प्रकाशित

काठमाडौं । चिनियाँ विदेश मन्त्री वांग यीले बिहीबार अंकरा (टर्कीको राजधानी)मा आफ्नो समकक्षी मेभ्लुट काभुसोग्लुसँग भेटवार्ता गरेका छन् ।

विदेश मन्त्री वांगको भ्रमणको विरोध गर्दै त्यहाँ उइगर मुस्लिम समुदायले विरोध प्रदर्शन गरेको छ । करिब ४० हजार जनसङ्ख्या रहेको उइगर समुदायले विरोध प्रदर्शन गरेको हो ।

चीनले उइगर मुस्लिम समुदायलाई सिन्जियांगमा गरिरहेको दुर्व्यवहारको विरोधमा उनीहरूले त्यहाँ प्रदर्शन गरेका हुन् । बेइजिङले दुई देशबीचको प्रत्यर्पण सन्धिलाई गत डिसेम्बरमा नै अनुमोदन गरेको थियो । सोही अनुसार अंकराले अनुमोदन गर्ने पर्खाइमा चीन रहेको छ ।

भेटका क्रममा बहुपक्षीय हितका बारेमा छलफल हुने टर्कीको विदेश मन्त्रालयले जनाएको छ । चिनियाँ विदेश मन्त्री वांगले टर्कीका राष्ट्रपति रिसेप ताइप एर्दाेगनलाई पनि भेट्ने छन् ।

इस्तानबुलमा करिब तीन सय उइगर समुदायका मुस्लीमा नागरिकले प्रदर्शन गर्दै तानासाही चीन उइगर मुस्लिममाथिको नरसंहार बन्द गर भन्दै नारा लगाएका छन् । हाम्राकुराबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x