१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ ठेकेदार र मजदुर पक्षबीच झडप

एसीपी संवाददाता

११ चैत्र २०७७, बुधबार १४:३० मा प्रकाशित

काठमाडौं। नेपालमा रहेका चिनियाँ ठेकेदार पक्ष र मजदुर पक्षबीच झडप भएको छ ।

बुटवल-नारायणगढ सडक निर्माणका ठेकेदार र मजदुर पक्षबीच चिनियाँ साइड अफिसमा बुधबार अपराह्न झडप भएको हो । झडपमा ६ जना घाइते भएका छन् ।

झडपको स्थिती जिल्ला प्रहरीबाट खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । चिनियाँ पक्षले आज वार्तामा बोलाएर एक्कासी कुटपिट गरेको नेपाली मजदुरहरुले बताएका छन् ।

चाइना स्टेट इन्जिनियरिंग कर्पोरेसन लिमिटेड (सिएससीइसी)को हेल्चेक्र्याइँका कारण १७ अर्बको लागतमा दुई वर्षदेखि सडकको कामले तिव्रता पाउन सकेको छैन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x