९ मंसिर २०८३, मंगलवार

चिनियाँ नागरिकले सजिलै पाउँछन् नेपाली नागरिकता , अधिकृत पक्राउ

एसीपी संवाददाता

२६ फाल्गुन २०८०, शनिबार ०७:३९ मा प्रकाशित

( पर्दाफास ) सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा–१० स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत रामचन्द्र अर्याल छन् ।

काभ्रे प्रहरीको अनुरोधमा उनलाई बुधबार पक्राउ गरिएको र सोही दिन काभ्रे प्रहरीलाई हस्तान्तरण गरिएको मकवानपुरका एसपी सीताराम रिजालले पर्दाफासलाई जानकारी दिए ।

अर्याल यातायात कार्यालय काठमाडौं, ठूलो भ¥याङबाट सरुवा भएर प्रदेशसभा सचिवालयमा आएका थिए । उनलाई सचिवालयबाटै पक्राउ गरिएको हो ।

उनले काभ्रे प्रशासनमा नासुको रुपमा कार्यरत रहँदा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरु दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको नागरिकता दिलाएको आरोप छ ।

यी दुवै व्यक्ति हाल पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x