११ मंसिर २०८३, बिहीबार

चिनियाँ राजदूत यान्छी नेकपा अध्यक्ष ‘प्रचण्ड’लाई सुटुक्क किन भेट गरिन?

एसीपी संवाददाता

९ पुष २०७७, बिहीबार ०७:५९ मा प्रकाशित

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुटुक्क भेट गरेकी छिन् ।

नेकपा विभाजन भएको दुई दिनपछि राजदूत यान्छीले बिहीबार बिहान यान्छीले खुमलटारमा दाहालसँग भेट गरेकी हुन् । भेटमा राजदूत यान्छीले नेकपाको विभाजन भएकोमा चिन्ता जनाएको बताईएको छ ।

राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन् । स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको छ । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।

नेकपा विभाजन भईसकेपछि चीनले प्रचण्ड माधव समुहलाई नै समर्थन गर्ने बेइजिङको रणनीति रहेको उच्च स्रोतले बताएको छ । चिनियाँ स्वार्थलाई पुर्ति गर्न प्रचण्डले मात्रै सक्ने निती चिनियाँ दुतावासको रहेको छ । स्रोतले भन्यो; “प्रधानमन्त्री केपी ओलीलाई सिध्याउन र प्रचण्ड माधव समुहका नेपाललाई बलियो बनाउन चीन जे पनि गर्न तयार छ” ।

नेकपा विभाजन भएपछि चीनलाई तनाव हुनसक्ने समाचारका वीच राजदुत यान्छीको सक्रियताले राजनीतिक तरङ पैदा गरेको छ ।

मंगलवार राती मात्रै राष्ट्रपति विधा भण्डारीलाई भेटेकी राजदुत यान्छीको सक्रियता प्रचण्ड माधव समुहलाई बोक्ने नितीले देश अझ संकट तर्फ जाने निश्चित रहेको विश्लेषकहरुको दावी रहेको छ ।

प्रचण्ड र नेपालवीच महासचिव बनाउने विषयमा छलफल र परामर्शहरू भइरहेका बेला चिनियाँ राजदूत यान्छीले नयाँ नेकपाको महासचिवमा चासो दिएर हस्तक्षेप गर्न खोजेको भन्दै आलोचना भएको छ ।

राजदुत यान्छीकै दबाबमा सुरेन्द्र पाण्डेलाई महासचिव नियुक्त गरिएको स्रोतको दावी छ । प्रचण्डले नेकपाको महासचिव जनार्दन शर्मालाई बनाउन खोजेका छन् । माधवकुमार नेपालले वेदुराम भुसाल र झलनाथ खनालले आफ्ना साढुभाइ सुरेन्द्र पाण्डेलाई महासचिव बनाउन खोजेको चर्चा नयाँ नेकपाभित्र थियो ।

यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो। नेपालपाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x