१ श्रावण २०८३, शुक्रबार

चीनको केरुङ नाकामा रोकियो ११ लाख सिरिन्ज

एसीपी संवाददाता

६ आश्विन २०७७, मंगलवार ०४:४६ मा प्रकाशित

बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख सिरिन्ज भित्रिन सकेको छैन  ,कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क स्वास्थ्य सामग्री पनि चीनको गोदाममा थन्किएको

बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन  ,कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि चीनको गोदाममा थन्किएको व्यवसायीले बताए

चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि चीनको गोदाममा थन्किएको व्यवसायीले बताएका छन् ।

चीनको केरुङ सडकमा रोकिएको सिरिन्ज बोकेको कन्टेनर ।

रसुवागढीमा कोभिड–१९ संक्रमित भेटिएको र तातोपानीको नेलाम क्षेत्रमा स्थानीय ताल फुट्ने सम्भावना रहेको भन्दै चीनले नाका बन्द गरेको हो । स्वास्थ्य सेवा विभागले साताअघि नै केरुङको सडकमा अलपत्र सिरिन्ज भित्र्याउनका लागि सहजीकरण गरिदिन रसुवागढी भन्सारलाई पत्र पठाएको थियो ।

विभागले भन्सारलाई लेखेको पत्रमा भनिएको छ, ‘बालबालिकाको खोपलाई चालु राख्न नभई नहुने सिरिन्जको स्टक कम रहेको छ ।’ सिरिन्ज भित्रन ढिलाइ भए बालबालिकाको खोप प्रभावित हुने जानकारी विभागले स्वास्थ्य मन्त्रालयलाई दिइसकेको छ । भन्सारले भने आफ्नो पहलबाट सामान ल्याउन नसक्ने जानकारी माथिल्लो निकायमा दिएको छ ।

स्वास्थ्य सेवा विभागका निर्देशक रमेश खरेलले खोपमा प्रयोग हुने सिरिन्ज संवेदनशील भएकाले स्टक नसकिँदै छिटो ल्याउन जरुरी रहेको बताए । उनले भने, ‘स्टक कति छ त भन्न सक्दिनँ तर सकिन दिनुभएन ।’

स्वास्थ्य विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख झलक गौतमका अनुसार बीसीजी खोप जन्मनेबित्तिकै लगाउनुपर्छ । कुनै कारणले छुटे १५ महिनासम्मका बालबालिकालाई लगाउन सकिन्छ । यो क्षयरोगविरुद्ध दिइने खोप हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता

भरत पौडेलले केरुङ नाका खुलाउन चिनियाँ पक्षसँग कुरा भइरहेको जानकारी दिए । सिरिन्ज खरिदको टेन्डर सकारेका जनमुक्ति हेल्थ इन्टरप्राइजेजका सेयर होल्डर वीरेन्द्र थापाका अनुसार विभागले ताकेता

गरेपछि तोकिएको भन्दा बढी ढुवानी भाडा तिरेर सामान ल्याइँदै थियो ।

‘उताबाट सामान हिँडाउँदा केरुङ नाका बन्द थिएन,’ उनले भने, ‘ल्याउँदाल्याउँदै बाटैमा अलपत्र भयो ।’ सामान अड्किएपछि सहजीकरणका लागि स्वास्थ्य विभाग र मन्त्रालयलाई हारगुहार गरेको उनले बताए । जंगलको बीचमा अलपत्र कन्टेनरमा ०.०५ एमएल साइजका ११ लाख थान सिरिन्ज छन् । इन्टरप्राइजेजले विभिन्न प्रकृतिका खोपमा प्रयोग हुने सिरिन्ज १ करोड ४५ लाख रुपैयाँमा खरिद गरेर आपूर्ति गर्न गत अप्रिल ९ मा स्वास्थ्य विभागसँग सम्झौता गरेको थियो । सिरिन्ज सियाओ दिङ ट्रान्सपोर्टबाट केरुङसम्म ल्याउन लागिएको हो । तातोपानी नाका सञ्चालनमा आएको भए त्यताबाट सिरिन्ज भित्र्याउन सकिन्थ्यो । यसो गर्दा ढुवानी खर्च भने बढी लाग्छ ।

करोडौंका स्वास्थ्य सामग्री बाटैमा

नाका बन्द हुँदा कोभिड–१९ रोकथामका लागि प्रयोग हुने करोडौं मूल्यका स्वास्थ्य सामग्री पनि बाटैमा अलपत्र छन् । ‘व्यापारिक वस्तु मात्र नभई कोभिड संक्रमणबाट बच्न प्रयोग स्वास्थ्य सामग्रीको आयात पनि रोकिएको छ,’ रसुवागढी भन्सार प्रमुख पुण्य खड्काले भने । बारम्बारको नाका बन्द र खुलेका बेला पनि सीमितलाई मात्र पार गर्न दिइदा तीन महिनादेखि स्वास्थ्य सामग्री चिनियाँ गोदाममा छन् । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीले नाका बन्द भएपछि पीसीआर मेसिन महँगो ढुवानी खर्चमा चीनबाट जहाजमार्फत ल्याएको बताए । ‘कोभिड संक्रमण नियन्त्रण र उपचारमा प्रयोग हुने धेरै सामान नेपाल भित्र्याउन सकिएको छैन, अरू स्वास्थ्य सामग्री पनि अड्किएका छन्,’ उनले भने ।

रसायन–केमिकल तथा आपूर्ति व्यवसायी संघका पूर्वउपाध्यक्षसमेत रहेका भण्डारीले पछिल्लो समय धेरै मेडिकल सामग्री चीनबाटै आउने भएकाले नाका बन्द हुँदा व्यवसायीलाई ठूलो समस्या परेको बताए । मेडिकल सामान आयतमा तीन सयभन्दा बढी फर्म संलग्न रहेको उनले जानकारी दिए । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि भने सबैजसो सामग्री चीनबाटै ल्याइने गरेको छ । त्यस्ता सामग्री जसरी पनि भित्र्याउनुपर्ने बाध्यताका कारण जहाज प्रयोग गर्नुपरेको व्यवसायीको भनाइ छ ।

लकडाउनमा पनि स्वास्थ्य सामग्री आयात गर्न गत चैत २६ देखि तातोपानी भन्सारको कारोबार सञ्चालन गरिएको थियो । तर अहिले त्यहाबाट भित्र्याउने तयारी गरिएका स्वास्थ्य सामग्री खासामा थन्किएको छ । निजी क्षेत्रबाट पनि स्वास्थ्य सामग्री आयात भएकाले बाटैमा रोकिएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । उनले भने, ‘सीमामा स्थानीय तहमा पनि कुराकानी भइरहेकाले नाका छिट्टै सञ्चालन हुने अपेक्षा गरेका छौं ।’

सिल्क कार्गोका प्रालिका अध्यक्ष रमेश शेर्पाले आफूले ल्याउन लागेका मास्क, सेनिटाइजर, पीसीआर मेसिन, किट्सलगयात सामग्री गोदाममा थन्केको बताए । चितवनको एक मेडिकल अस्पतालले झिकाएको पीसीआर मेसिन ल्याउन नसकेको उनले जानकारी दिए ।

चीनले पछिल्लोपटक दुई सातादेखि उत्तरका केरुङ र तातोपानी नाका बन्द गरेपछि नेपाली व्यवसायीले खरिद गरेका अन्य सामान बोकेका सयौं कन्टेनर सीमापारि अलपत्र छन् । करोडौं मूल्यका सामान अलपत्र परेपछि नाका खोल्ने विषयमा परराष्ट्र मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासमार्फत कुराकानी गरेको बताउँदै आएको छ । केरुङ नाकाको रसुवागढी भन्सारका एक मजदुरलाई कोरोना पोजिटिभ देखिएपछि चीनले नाकाको कारोबार बन्द गरेको थियो । कोरोना पुष्टि भएको भने २२ दिन बितिसकेको छ । ती मजदुर सक्रमणमुक्त भइसकेको रसुवागढी भन्सार प्रमुख खड्काले जानकारी दिए । कोभिड महामारी सुरु भएपछि गत जेठमा खुलेको रसुवागढी भन्सारको कारोबार यसबीचमा मुस्किलले एक महिना भएको छ । कारोबार भएको समयमा पनि दिनमा ७–८ वटा कन्टेनर मात्र भित्रने गरेको थियो ।

भूकम्पपछिदेखि नै नेपाली व्यवसायीलाई चिनियाँ भूभागको खासा र केरुङ जान दिइएको छैन । व्यवसायीका अनुसार केरुङमा १२ सयभन्दा बढी र तातोपानी नाकाको खासामा डेढ सय कन्टेनर सामान अलपत्र छ । नाका खुलाउनका लागि व्यवसायीले मन्त्री, सांसद र नेताहरूसँग हारगुहार गर्दै आएका छन् । श्रोेत ईकान्तिपुरका लागि आश्विन ६,ऋषिराम पौड्याल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x