१४ आश्विन २०८३, बुधबार

ईस्लाम धर्म एकताको सन्देश हो : चीनमा किन उईगर मुस्लिम माथी अत्याचार,प्रतिबन्ध

एसीपी संवाददाता

७ चैत्र २०७७, शनिबार ०६:२६ मा प्रकाशित

नेपालगन्जमा भब्यताका साथ १३ औं जस्ने गौसुलवरा कन्फ्रेन्स सम्पन्न भएको छ । इस्लाम धर्मका बारेमा दिएको संदेश जन जन फैलाउने उद्देश्यले कन्फ्रेस भएको हो । अहिले नेपालमा बर्तमान राजनीतिक का कारण मदरसाको शिक्षालाई महत्त्व दिनका आग्रह गरेका छन् । अहिले नेपालमा कम्युनिस्ट सत्ता रहेकोे नेपालमा प्रजातान्त्र जमुहरियतमा ईस्लाम धर्म मान्नेहरुको लागि जसरी भारत आजादी रहेको छ तेस्तै नेपालमा आजादी हुन जरुरी रहेको छ ।                                                       अलग अलग समाचारहरु हेर्दा चीनमा इस्लाम धर्म मान्न प्रतिबन्ध लगाईदै छ । मस्जिद भत्काइदै छ , चीनमा नमाज माथी प्रतिबन्ध लगाएको छ । तेहा चीनमा कम्युनिस्ट सरकारले आज उईगर मुस्लिम माथी अत्याचार गरि रहेको छ । नेपालमा समेत कम्युनिस्ट सरकार छ म आग्रह गर्न चाह्न्छु कि तेस्तो अवस्था न होस । हामीलाई जसरी भारतमा नमाज, ईस्लाम धर्म मान्न छुट छ । मदरसामा धर्मिक शिक्षालाई भारतमा आजादी छ नेपालमा पनि हुन जरुरी रहेको छ । हामी प्रजातन्त्र माथि भरोसा गर्ने हो तर हाम्रो धर्म माथि चीन जस्तो ब्यवहार न होस । यसका लागि ईस्लाम धर्म मान्नेहरु सचेत हुन जरुरी छ ।

सम्पन्न कन्फ्रेन्समा भारतको विभिन्न ठाउँबाट आएका मुस्लिम धर्म गुरुहरुले इस्लाम धर्मको आवश्यकता, महत्व र यस्ले दिने सन्देशकाबारेमा आ-आफ्नो धारणा राखे ।

मुस्लिम समुदायमा भाइचारा, सदभाव कायम गर्ने सवालमा भएका गतिविधि, इस्लामको महत्वबारे जानकारी आदानप्रदान गर्ने काम भएको हाजी रज्जब अलि अन्सारीले जानकारी दिनुभयो ।

नेपालगन्जको फुलटेक्रामा बर्सेनि हुने यस्ता कन्फ्रेन्सले इस्लामका विभिन्न आयामबारे छलफल, परामर्श र निचोड निकाल्ने काम गर्दै आएको हाजी अन्सारीले बताउनुभयो ।
कन्फ्रेन्समा मुख्य व्यक्ति मुकरिरे खुसुसी ,पिरे तरिकत रहबरे राहें शरिअत सैयाहे एशिया व युरोप उम्दतुल खुतबा हजरत अल्लामा मैलाना सैयद इरफान रसुल साहब किब्ला खानकाह नैनिताल उतराखण्ड , जेरे निजामत हजरत हाफिज व कारी हस्सान रजा साहब किब्ला बरेली शरिफ, मुकरिरे जिशान हजरत मुफ्ती जफर नुरि ग्वालियर मध्य प्रदेश, शायरे हर दिल अजिज जनाब सन्दल जलाल पुरी अम्बेडकर नगर यु.पि, र शायरे हिन्दुस्तान बुलबुले मदिना जनाब अरसद इकबाल सिवान बिहार भारत , सहितको सहभागीता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x