छात्रा कलेजको सञ्चालन र व्यवस्थापनबारे परामर्श
नेपालगञ्ज उप–महानगरपालिकाले छात्रा कलेजको सञ्चालन र व्यवस्थापनबारे परामर्श सुरु गरेको छ । प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेपछि उप–महानगरपालिकाले परामर्श सुरु गरेको हो । नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा आईतबार राजनीतिक दलकाका प्रतिनिधी, शिक्षाविद, समाजसेवी, नागरिक समाजका अगुवा लगायतसँग कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा छलफल गरिएको छ ।

सो छलफलबाट महेन्द्र वहुमुखी क्याम्पस नेपालगञ्जका सह प्राध्यापक तथा अधिकारकर्मी रविन्द्र कर्णको संयोजकत्वमा छात्रा कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन गरि प्रतिवेदन पेश गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । सो अवसरमा नगर प्रमुख राणाले सञ्चालनका सम्बन्धमा विभिन्न प्रस्ताव आएको बताउँदै छात्रा कलेज उप–महानगरपालिका आफैले सञ्चालन गर्ने बताउनुभयो ।
- हुम्लामा हाम्रो भुमि मिचेको हो भन्ने म सँग प्रमाण छ-शाही
- कर्णालीमा सरकारविरुद्ध नेकपाकै १८ जना सांसदले आइतबार दर्ता गरे अविश्वासको प्रस्ताव
- संघको ४१ करोड रुपैयाँ दशैंअघि मिलाईदिन ज्ञापन पत्र
- सुपर स्टार अक्षय कुमारको ‘लक्ष्मी बम’को ट्रेलर सार्बजनिक
शिक्षामा कुनैपनि सम्झौता नहुने भन्दै उहाँले यसलाई मुलुककै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गरिने बताउनुभयो । प्रदेशसभा सदस्य समेत रहनुभएका नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले नेपालगञ्जमा स्थापना गर्न लागिएको छात्रा कलेज मुलुककै लागि उदाहरणी बनाउन सबै पक्षको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । धम्बोझी माविको सफलताबाट पनि नेपालगञ्जमा सरकारी स्तरमा राम्रो कलेज सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण भएको उहाँको भनाई छ । नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले छात्राहरुलाई उच्च शिक्षाका लागि सहज पार्ने उद्धेश्यले कलेज स्थापना गर्न लागिएको भन्दै यसलाई विशेष महत्व दिनुपर्नेमा जोड दिनुभयो ।



