९ मंसिर २०८३, मंगलवार
जगदम्बा स्टिल्स उद्योगको फलाम पगाल्ने भट्टीमा शक्तिशाली विस्फोट भ
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित रहेको जगदम्बा स्टिल्स उद्योगको फलाम पगाल्ने भट्टीमा बुधबार राति शक्तिशाली विस्फोट भएको प्रहरीले जनाएको छ ।
स्थानीय समयअनुसार राति करिब साढे ९ बजे भट्टीमा अचानक विस्फोट भएको हो। स्थानीयवासीका अनुसार विस्फोट अत्यन्त शक्तिशाली थियो, जसको आवाज टाढासम्म सुनिएको थियो र आसपासको जमिनसमेत थर्किएको थियो।
विस्फोटपश्चात सुरक्षाकर्मी र उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेका छन्। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी बेदप्रकाश जोशीले भट्टीमा विस्फोट भएको पुष्टि गरेका छन्। तर, भट्टी किन र कसरी विस्फोट भयो भन्ने कारण र यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण स्पस्ट नभएको जानकारी प्राप्त भएको हो ।
Subscribe
Login
0 Comments


