१८ भाद्र २०८३, बिहीबार

जनकपुर मन्दिर परिसरमा वृद्धको हत्या

एसीपी संवाददाता

५ पुष २०८१, शुक्रबार १२:०२ मा प्रकाशित

काठमाडौं – जनकपुरमा एक वृद्धको हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ।

टाउकोमा इट्टा प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ। मागेर खाने र राति मन्दिर छेउमै सुत्ने गरेको पाइएको छ।

बाहिरबाट अर्को व्यक्ति आएर उनी सुत्ने ठाउँमै रक्सी र चुरोट खाएको सोही क्रममा झगडा हुँदा हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले कुकुरसहित टोली परिचालन गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

बुटवल टुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x