१ श्रावण २०८३, शुक्रबार

जनपक्षीय पत्रकार गुप्ताको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित

एसीपी संवाददाता

१४ आश्विन २०७७, बुधबार १६:२७ मा प्रकाशित

प्रेस सेन्टर नेपालले प्रदेश पाँचको कपिलवस्तुमा संगठनको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भेलाबाट जनपक्षीय पत्रकार प्रभुनाथ गुप्ताको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

निर्वाचित कमिटीको सदस्यमा रेडियो विजयनगरका पत्रकार धनीराम कोरी, रेडियो हुदाका पत्रकार इमरान हुसेन, रेडियो परिवर्तनका पत्रकार निश्चल श्रीवास्तव, रेडियो तिलौराकोटका पत्रकार सरिता तिवारी, एसएम न्यूजका पत्रकार रामु यादव लगाएत रहेका छन ।

सशस्त्र प्रहरी द्धारा असुलेको अवैध रकम फिर्ता

सशस्त्र प्रहरी द्धारा असुलेको अवैध रकम फिर्ता

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सचिव, प्रदेश पाँचका इन्चार्ज तथा पूर्व संसद विनोद उपाध्यायको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको विशेष आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश पाँचका अध्यक्ष अविन गोतामे, पार्टीका केन्द्रीय सदस्य राज पद्यावति, प्रेस सेन्टर नेपाल रुपन्देही अध्यक्ष सुरेश कुमार पाण्डेंय, संगठनका रुपन्देही सचिव राजकुमार चमार, राजपाका गाउँपालिका पूर्व अध्यक्ष कमलेशरण चौधरी, सामाजिक अगुवा ध्रुव प्रसाद पाण्डेंय लगाएतको समेत आतिथ्यता रहेको थियो ।

रेडियो परिवर्तनमा कार्यरत जनपक्षीय पत्रकार निश्चल श्रीवास्तवद्धारा सञ्चालित उक्त कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, सामाजिक अभियन्ता, अतिथिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै राजपाका पूर्व नेता चौधरीले पत्रकार समाजको आँखा भएको भन्दै प्रेस सेन्टर नेपाल कपिलवस्तुको भेलाबाट जुझारु नेतृत्व निर्वाचित हुने विश्वास गरे । उनले पत्रकारहरुलाई आफ्नो क्षेत्रबाट हमेसा साथ र सहयोग रहने प्रतिवद्धता समेत जनाए ।

नेपालमा एक–अर्काको खुट्टा तान्ने प्रवृति-प्रधानमन्त्री

नेपालमा एक–अर्काको खुट्टा तान्ने प्रवृति-प्रधानमन्त्री

त्यस्तै कार्यक्रमको समग्र विषयवस्तुबारे प्रकाश पार्दै प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले राष्टङ, राष्ट्रियता र जनता भन्दा माथि कुनै पेशा र व्यवसाय नहुने भन्दै मुलुकलाई समस्याको धेराबन्दीमा राखिएको र संकटपूर्ण जनजिवन बनाइएको अवस्थामा जनपक्षीय पत्रकारहरुले जनताको आवाज बुलन्द गर्दै सामाजिक रुपान्तरमा भूमिका खेल्नुपर्ने बताए ।

उनले इतिहासमा नेपाल बार एशोसिएसन र नेपाली पत्रकारहरुले देश र जनताको पक्षमा आन्दोलनको नेतृत्व गरेको बिर्सन नहुने भन्दै त्यसैको निरन्तरतामा सबै पत्रकारहरुलाई अहिलेको समस्याबारे संगठित संघर्षको नेतृत्व गर्नुपर्ने बताए । उनले बार एशोसिएसन र पत्रकारीता क्षेत्र सत्ताँको सधैं स्थायी प्रतिपक्षको भूमिकामा रहनुपर्ने बताए ।

प्रधानमन्त्रीलाई किताब वितरण रोक्न दवाव दिएको कुरा बाहरियो

अध्ययन नै नगरी भूमि चीनकै हो भन्ने गलत-निधि

रसुवागढीमा पहिरोले फेरी बाटो अवरुद्ध तातोपानी नाका बन्द पुस–माघमा किनेको सामान केरुङमै,थन्किए

समाचार लेखनको क्रममा पत्रकारहरुमाथि आउने धम्की, त्रास र असुरक्षाको कारण राज्यकै निकायहरु हुनु अचम्म रहेको भन्दै उनले त्यस्तो कदम वर्तमान संविधान पद्दत प्रेस स्वतन्त्रताको हक विरुद्धको हमलाका रुपमा व्याख्या गरे ।

उनले सत्य, त्यथ्य, निष्पक्ष, स्वतन्त्र र सन्तुलित समाचारमा ध्यान दिन पत्रकारहरुलाई आग्रह गर्दै ब्रुजुवा संसदवादीहरुले समाजिक रुपान्तरणको नियम विरुद्ध पत्रकारको कलमलाई रोक्ने हर्कत स्वरुप आफैले गरेको व्याख्या धेरै हदसम्म अमिल्दो, अव्यवहारीक र वस्तुवादी नरहेको जिकिर गरे ।

उनले आफ्नो संगठलने सधैं आम पत्रकारीता क्षेत्रको समस्या, हक, अधिकार र स्वतन्त्रताको मुद्दालाई केन्द्रमा राखेको बताए । उनले निर्धक्लले हत्या, अपराध, बलात्कार जस्ता घटनाहरु र जनविरोधि गतिविधिहरुको भण्डाफोर गर्नका लागि संगठनमा आवद्ध पत्रकारहरुलाई निर्देशन समेत दिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै माओवादी केन्द्रका सचिव विनोद उपाध्यायले वर्तमान संसदीय राजनीतिका कारण नागरिकहरुले सास्ती पाएको बताए । संसदीय पद्दतीको कारण उत्पीडित वर्गजनसमूहको राज्यनिकायमा विभेद हुन पुगेको ठोकुवा गरे ।

उनले आफ्नो पार्टीले अघि सारेको महान जनविद्रोहको तयारीलाई व्यापक बनाउँदै संघर्षको प्रकृया मार्फत आम सर्वहारा तथा किसान, मजदुरहरुको संयुक्त राज्यसत्ताँ स्थापना गर्न सकिने बताए । उनले समाजमा रहेको वर्गविभेद मुलत वर्गिय आन्दोलनको माध्यमबाट हल हुने तर्क गरेका थिए ।

कार्यक्रममा निर्वाचित कमिटिलाई माओवादी केन्द्रका नेताहरुले टिका र दोसल्लाले सम्मान तथा बधाई व्यक्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका नेताहरुले अन्य सहभागि सामाजिक अगुवाहरु, नागरिकहरुलाई समेत सम्मान गरेका थिए भने प्रेस सेन्टर नेपालले समेत माओवादी आन्दोलनलाई जनताको विश्वाससँग जोडेर अगाडी बढाएको, सामाजिक जिम्मेवारी बोकेको भन्दै माओवादी केन्द्रका नेताहरुलाई सम्मान तथा अभिनन्दन गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x