१ श्रावण २०८३, शुक्रबार

जनमत पार्टीको एकै दिन चार इकाई गठन

एसीपी संवाददाता

११ आश्विन २०७७, आईतवार ०३:५७ मा प्रकाशित

जनमत पार्टी बर्दियाले जिल्ला भरी आफ्नो इकाई समिति गठन गर्ने कार्यलाई तिब्रता दिएको छ । जनमत पार्टी बर्दियाले एकै दिनमा चार इकाई समिति गठन गरेको जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले जानकारी दिनुभयो ।
जामत पार्टी बर्दियाले शनिबार चार वटा गाउँ इकाई समिति निम्न अनुसार गठन गरेको खाँनले बताउनुभयो ।

१.
गुलरिया नगरपालिकाको वार्ड नम्बर ८ को आशापुरमा जगन्नाथ लोधको अध्यक्षयतामा २१ सदस्य गाउँ समिति गठन गरिएको छ ।

२. त्यसै गरि वार्ड नं ८ कै कोठिया गाउँमा रामकुमार थारुको अध्यक्षयतामा ७ सदस्य समिति गठनगरिएको छ ।
३. वार्ड नं ८ को सूरजपुरमा प्रसादी लोधको अध्यक्षयतामा २१ सदस्य समिति गठन गरिएको छ ।
४. गुलरिया नगरपालिकाको वार्ड नम्बर ९ को खालेपुरवामा जाविर अली शेष को अध्यक्षयतामा ३१ सदस्य समिति गठन गरिएको खाँनले बताउनु भयो

साथै बाँकेमा पनि ईकाइ कमिटी गठन प्रकृया तिब्र बनाएको हो । बिभिन्न गाँउ गाँउमा आफ्नो समिती गठन गर्न लागेको बाँँके संयोजक तथा केन्द्रय सदस्य मो.ईरफान शेखले जानकारी दिएका छन् ।

केन्द्रिय सदस्य अब्दुल खानले भने, “भनिन्छ यदि लक्ष्य सहि र आफू ईमानदार छ भने हरमुस्किल सम्भव र आशान हुन्छ । शनिबार एकै दिन चार गाउँ इकाइ समिती गठन गर्न सफल हुनेमा सोहराब पठान, वकिल शेष र हरेकृष्ण पाठकलाई विषय सहयोगीको रुपमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x