जनमत पार्टीको मुख्य लक्ष्य चुनाव जित्नु हो- डा.सिके राउत
जनमत पार्टी बाँकेको आयोजनामा शनिबार नेपालगन्जको साथी कृष्ण कटेजको सभाहलमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतद्वारा नेतृत्वकर्ता/ कार्यकर्ता भेटघाट एंव प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सम्पन्न भएको छ । आजको कार्यक्रममा बाँके, बर्दिया तथा दाङ जिल्लाको नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।आजको कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन कुमार सिंह, केन्द्रीय सदस्य इरफान अहमद शेष, विदेश विभाग प्रमुख ई.वसन्त कुमार कुशवाहाले प्रशिक्षण दिइएका थिए।
आजको बैठकमा लगभग ५०० जना भन्दा बढीको उपस्थिति रहेको थियो।
आजको कार्यक्रममा जिल्लामा चन्दन कुमार सिंहले पार्टीका नेता/कार्यकर्तालाई ड्रामा मार्फत जानकारी/प्रशिक्षण गराएका थिए भने वसन्त कुमार कुशवाहाले भोट माँगने नमुना पेश गराएका थिए भने केन्द्रीय सदस्य इरफान अहमद शेषले सबै कार्यकर्ताहरुलाई सपथ गराएका थिए भने आउने दिनमा जनमत पार्टीको सरकार बनाउन सबै नेता/कार्यकर्तालाई गाउँ-गाउँ गई जनमतको प्रचारप्रसारमा लाग्न अह्वान गरेका छन, नेता शेषले बोल्नेक्रममा डाक्टर राउतलाई होइन उहाँको विचारलाई साकार बनाउन हामी दिनरात खटिनुको बिकल्प नरहेको तथा मधेसी जनतासामू समेत जनमतको बिकल्प नरहेको जनाएका छन । आजको कार्यक्रमको मुख्य प्रशिक्षक राष्ट्रिय अध्यक्ष बैज्ञानिक डाक्टर सिके राउतद्वारा नेताहरूलाई एकआपसमा सौर्न्दर्य बनाई पार्टीको नीति निर्देशनलाई मानी अगाडी बढ्न सबै नेताहरुलाइ भनेका थिए साथै संगठनलाई बन्धक बनाउने ब्लैकमेलिङ गर्नेलाइ संगठनवाट नै टाडा राख्ने समेत भनेका छन , त्यस्तै संगठनमा अनावस्यक रूपमा बाधा पुर्याउने जो कोहीलाई संगठनमा कुनै जिम्मेवारी नदिने भनेका छन, जनमत पार्टीमा मधेसको कुनै पनि पार्टीबाट आउने नेता कार्यकर्ता स्वागत समेत गर्न तयार रहेको
इरफान अहमद शेष केन्द्रीय सदस्य जनमत पार्टी बाके नेताले जानकारी दिए ।


