२ श्रावण २०८३, शनिबार

जनमत पार्टीले जनकपुरमा संकलन गर्‍यो विभिन्न सुझाव

एसीपी संवाददाता

२२ भाद्र २०८१, शनिबार १०:३२ मा प्रकाशित

जनमत पार्टी जनकपुरधाम उप महानगर समितिद्वारा दीएको विभिन्न सुझाव संकलन । अगुवा कार्यकर्ताहरुको बैठक द्वारा संगठन बिस्तार संबंधी पार्टीका वडा समितिहरु तथा विभिन्न अगुवा नेता कार्यकर्ताहरु बाट स्वागत योग्य सुझावहरु प्राप्त गरी आगामी दिनमा संगठन विस्तार अभियानको रूपमा कार्यान्वयनमा लैजाने गरी निम्न निर्णयहरु सर्वसम्मतिले गरेको छ ।

जनकपुरधाम उपमहानग़र अध्यक्ष  रंजित रायको अध्यछतामा  जनकपुर ४ कैंपस चौक,नगर समितिको कार्यालयमा बसेको आजको बैठकमा जनकपुरधामका जनमत पार्टी वडा समिति अध्यक्षहरु,छेत्र न.३ का नेताहरु केंद्रीय सदस्य सब्बीर राईन,मुखियापट्टी मुसरनीयाका नेता मुन्ना चौधरी, नगराईन नगरपालिका अध्यछ  घनश्याम मण्डल,धनौजी पालिका अध्यछ  सरोज मण्डल, अगुवा नेताहरु , सुरेश साह,रामचंद्र शर्मा, अमरेन्द्र झा गणपति झा, रामु
साह बद्री नाथ झा समेत जनकपुरका अन्य गणमान्य महानुभावहरुको उपस्थिति रहेको थियो ।

समितिले गरेको विभिन्न निर्णयहरु –
जनकपुरधाम वडा न. १८ महुवा र भोइलमा यही आश्विन ७ गते बृहत् पार्टी प्रवेश तथा संगठन विस्तारको कार्यक्रम गर्ने
२. जनकपुरधाम वडा न.२० को रुपैठा देवपुरामा यही आश्विन महीनाको प्रथम सप्ताहमा पार्टी प्रवेश तथा संगठन बिस्तारको कार्यक्रम गर्ने!
३. जनकपुरधाम वडा न.८ को बलवा टोल,प्रहरी चौकी नजीक भोली २०८१/०५/२२ गते शनिवार दिनको ८ बजे नगरका अगुवा पार्टी नेता कार्यकर्ताहरु भेला भई संगठन विस्तार बारे छलफल
४. नगरका अन्य वडाहरु मा संगठन विस्तार अभियानको रूपमा संचालन गर्ने!
बद्री नाथ झा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x