११ मंसिर २०८३, बिहीबार
जनमत पार्टी डुडुवाको हिरमिनियामा वडा सम्पर्क कार्यालय
जनमत पार्टी बाँकेद्वारा डुडुवाको हिरमिनियामा वडा सम्पर्क कार्यालयको स्थापना गरेको छ । एक भव्य कार्यक्रम आयोजन गरि हिरमिनियाको सुब्बापुर्वा चौकमा जनमत पार्टीको वडा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।
कार्यक्रममा जिल्लाको सयौं नेता/कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम उद्घाटन केन्द्रीय सदस्य इरफान अहमद शेषले रिबन काटी कार्यालय उद्घाटन गरिको थियो।
कार्यक्रमको स्वागत मन्तव्य नेता मोहम्मद हुशेन शाहले गरेका थिए, कार्यक्रममा जिल्लाका नेताहरुले विभिन्न मुद्दाको बारेमा प्रकाश पारेका थिए।
आउने निर्वाचनमा जनमतले नै मधेशको नेतृत्व गर्ने नेताहरुले ठोकुवा गरेका छन।
आजको कार्यक्रममा बोल्दै जिल्ला नेता मोहम्मद हुशेन शाहले मधेशमा अब आउनेदिन भोटका भिखारीहरु आउनेवाला छन त्यहि भएर तपाईं सबैजना सचेत भएर रहनु बताए ।
Subscribe
Login
0 Comments


