११ मंसिर २०८३, बिहीबार

जनमत पार्टी बाँकेद्वारा कोहलपुरमा प्रथम वडा अधिवेशन

एसीपी संवाददाता

२५ पुष २०७७, शनिबार १४:५० मा प्रकाशित

जनमत पार्टी बाँकेद्वारा कोहलपुरमा प्रथम वडा अधिवेशन वडा नंवर-१४मा गरेको छ, आजको भेलावाट तिरथ खटिकको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ, अध्यक्ष-तिरथ खटिक, उपाध्यक्ष -हेमा सोनकर, कोषाध्यक्ष-गंगाराम धोबी, सचिव-विष्णु तमोली, सदस्यद्वय-भगौती गडाडिया, हरिहर सोनकर, विष्णु तमोली, राम कुमार खटिक, सुनिता खटिक, रमेश मिश्रा तथा मन्जू खटिक रहेका छन। आजको कार्यक्रम हौसिलाल खटिकको अध्यक्षतामा गरिएको थियो भने कार्यक्रमको प्रमुख अतिथीमा केन्द्रीय सदस्य इरफान अहमद शेष रहेका थिए, कार्यक्रममा अन्य नेताहरुमा जिल्ला अध्यक्ष रियाज अहमद शेष, उपाध्यक्ष दिपक पासी, संचार प्रमुख हरपाल सिह, के.स.विष्णु यादव, नाजमा बागवान, जाबिर हल्वाई, अब्दुल वाहिद शेष, फारूक शेष, नेता मोहम्मद हुशेन शाह,अक्षय सोनकर, उनेश गिरी, जितेन्द्र बर्मा, रियाज अंसारी, शैलेन्द्र कुमार कर्ण, राजू बर्मा, हिरालाल तमोली, राजेन्द्र खटिक, छबिले खटिक,सावितराम यादव, मुकिम अन्सारी, राजू अंसारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो, कार्यक्रम पश्चात् विभिन्न पार्टी परित्याग गरि लगभग पाँच दर्जन भन्दा बढीको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका छन। आजको कार्यक्रममा मन्तब्य राख्दै नेता शेषले अब आउनेदिनमा मधेशको नेतृत्व डाक्टर सिके राउतले नै गर्ने बताएका छन साथै हाम्रो संगठन मधेशमा मात्र होईन संसार भरि मधेशी जनताको हकहितको वकालत गर्ने गरेको समेत भनेका छन, अहिले सम्म मधेशलाई ठग्ने काम मात्र विभिन्न दलले गरेको जिकिर गरेका छन मधेसमा शिक्षा स्वास्थ्य मा राज्यले ध्यान नदिई मधेशमा शैनिकीकरण मात्र गरिरहेको समेत भनेका छन, आउने दिनमा चाडैं नै कोहलपुरमा जनमतको जनलहरको प्रदर्शन गर्ने घोषणा जनमत पार्टी बाँके की नेतृ नसिमुन शेषले जनाएका छन साथै मधेशमा र बाँकेमा समेत जनमत पार्टीमा महिलाहरुको सहभागिता बढी रहेको जिकिर गरेकी छिन। आजको कार्यक्रममा जिल्लाका सबै नेताहरूको उपस्थिति देखिएको थियो। जनमत पार्टी बाँकेले दिनप्रतिदिन बाँकेको सबै स्थानीय पालिकाहरुमा आफ्नो वडा अधिवेशन गरिरहेको संचार प्रमुख नेता हरपाल सिंहले जानकारी दिएका छन, आजकै कार्यक्रमवाट वडा महिला जनमत संघ बाँके समेत गठन भएको महिला नेतृ नसिमुन शेषले जानकारी दिएका छिन, महिला जनमत संघ कोहलपुर-१४को वडा अध्यक्षमा सबिता खटिक सहित ११ सदस्यीय महिला जनमत संघ गठन भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x