१ श्रावण २०८३, शुक्रबार
जनमत पार्टी बाँके द्धारा जमुनाह नाका खोल्न माग

जमुनाह नाकामा नाका खोल्न माग गर्दै नारावाजी
सिके रावत नेतृत्वको जनमत पार्टीले नेपालगन्जको जमुनाह नाका खोल्न माग गरेको छ । पार्टीले शुक्रबार जमुनाह नाकामा नाका खोल्न माग गर्दै नारावाजी समेत गरेको छ । पार्टीका बाँके जिल्ला इन्चार्ज इरफान शेषले तत्काल नाका खोल्न माग गर्नुभयो । https://www.youtube.com/watch?v=HqJx0SRdAeA
उहाँले धार्मिक स्थल समेत खोल्न माग पनि गर्नुभएको छ । सीमानाकामा नागरिकहरुले दुख पाएको भन्दै उहाँले तत्काल सीमानाका खोल्न माग गर्नुभएको हो । उहाँले माग सम्वोधन नभए विरोधका कार्यक्रम अघि सार्ने चेतावनी समेत दिनुभएको छ । उहाँले सरकारले तत्काल आफ्ना माग सम्वोधन नगरे सडकमा धर्नालगायतका विरोधका कार्यक्रम गर्न पछि नपर्ने चेतावनी पनि दिनुभयो ।
Subscribe
Login
0 Comments



