जनमत बाँकेको वडा अधिवेशन शुरु

जानकी गाँउपालिका-३ इन्द्रपुरको वडा समिति इसारत अलि शेषको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ। अध्यक्ष-इसारत अलि शेष, उपाध्यक्ष विश्वनाथ बर्मा, कोषाध्यक्ष – पूजा सोनी, सचिवमा राम कुमार नाग, सदस्यद्वय- तिरथराम गडाडिया, उमेश गिरी, माधवराम बर्मा, धर्मराज गिरी, ख्याली शाहू, कृष्ण वती गडाडिया तथा बन्दना कुमारी बर्मा रहेका छन।

कार्यक्रममा प्रमुख अतिथि इरफान अहमद शेष रहेका थिए भने अन्य नेताहरु हरपाल सिंह, जिल्ला अध्यक्ष रियाज अहमद शेष, जिल्ला सचिव राजितराम बर्मा, डुडुवाका अध्यक्ष अब्दुल वाहिद शेष, जाबिर हल्वाई, मोहम्मद हुशेन, शैलेन्द्र कर्ण, के.स.बिष्णु यादव, विद्यार्थी जनमत संघ बाँकेका अध्यक्ष रियाज अंसारी, जिल्ला उपाध्यक्ष दिपक पासी, हेमराज धोबी, विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य अक्षय सोनकर, बिन्देश मौर्या शुनिल बर्मा लगायत नेताहरूको व्यापक सहभागिता रहेको थियो।

कार्यक्रम पश्चात् पार्टी प्रवेश कार्यक्रममा काँग्रेस , कम्युनिस्ट राप्रपा, जनता समाजवादी त्याग गरि लगभग ५ दर्जन भन्दा बढी जनमत पार्टीमा केन्द्रीय नेता इरफान अहमद शेषले गराएका थिए। कार्यक्रममा बोल्ने क्रम नेता इरफान शेषले कम्युनिस्ट , काँग्रेस तथा जनता समाजवादी माथि खनिएका थिए।



