जसपाद्वारा प्रतिनिधि सभा विघटनविरुद्ध आइतवार काठमाडौंमा प्रदर्शन
जनता समाजवादी पार्टी,नेपाल (जसपा)ले देश भर गर्दै आएको बिरोध क्रम जारी रहेको छ । सोहि क्रममा प्रतिनिधि सभा विघटनविरुद्ध आइतवार काठमाडौंमा प्रदर्शन गरेको छ ।
जसपाले कालो ब्यानरसहित रत्नपार्कबाट विरोध जुलुस निकालेको थियो । विरोध जुलुस निकाल सहिदगेट, न्युरोड हुँदै पुन शान्तिबाटीकामा पुगी कोणसभामा परिणत भएको थियो । अहिले देश लाई केपि ओलि ससद विघटन गरेको कार्य निन्दनीय रहेको नेताहले बताएका छ्म ।
विरोध र्यालीमा पूर्व प्रधानमन्त्री एवं जसपा अध्यक्ष. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव लगाएतका शिर्ष नेताहरु सहभागी थिए । कार्यक्रममा बिभिन्न नाराहरु लगाउदै र्याली निकालिएको थियो ।
पुर्ब प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेर असवंधानिक, अलोकतान्त्रीक र प्रतिगमनकारी कार्य गरेको आरोप लगाउनुभयो ।
सडकबाट जनताल बिरोध नगरेसम्म प्रतिगमनकारी कार्य नसच्चिने उहाले बताउनुभयो । उहाले संसद बिघटनको निर्णय फिर्ता नभए जनआन्दोलनबाट प्राप्त उपलव्धी समेत गुम्ने खतरा पैदा भएको टिप्प्णी गर्नुभयो ।
त्यस्तै अध्यक्ष यादवले प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार नदिएको भन्दै नभएको अधिकार प्रयोग गरेर संसद बिघटन गरिएको बताउनुभयो । उहाले संसद बिघटन गरेर लोकतन्त्रलाई समाप्त गर्ने खेल भएको आरोप लगायनुभयो ।
प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै जसपाले संसद् पुनःस्थापना गर्नुपर्ने माग राखेको छ ।


