जहाँ देशको प्रधानमन्त्री नै भ्रष्टाचारी साबित भयो त्यो देश हो पाकिस्तान
तोशखाना घोटालामा कसरी फसे इमरान खान ?राजनीतिक करियरमा पनि ग्रहण
पाकिस्तानको तोशाखाना घोटालाले पूर्व प्रधानमन्त्री इमरान खानको राजनीतिक जीवनलाई ग्रहण लगाएको छ । इमरानले आगामी ५ वर्ष चुनाव लड्न पाउने छैनन् । ट्रायल कोर्टको फैसलापछि इमरानलाई पनि पक्राउ गरिएको छ । २०२२ मा सरकार ढलेपछि सोही तोषखाना मुद्दामा उनको संसद सदस्यता पनि गुमायो । इमरानको तर्कमा चित्त नबुझेपछि निर्वाचन आयोगले उनको सदस्यता खारेज गरेको हो ।
“पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गरिएको छ। इस्लामाबादको ट्रायल कोर्टले इमरानलाई तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना लगाएको छ। पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले दावी गरेको छ। इमरानलाई उनको लाहोरस्थित जमान पार्क निवासबाट पक्राउ गरिएको हो ।उहाँलाई लाहोरबाट इस्लामावाद पठाइएको थियो ।इस्लामाबादको ट्रायल कोर्टले इमरानलाई पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।पाकिस्तानमा चर्चित बनेको तोशाखाना मुद्दा ।
७० वर्षका इमरान क्रीकेटर हुन् । पछि राजनीतिमा प्रवेश गरे र प्रधानमन्त्री भए । इमरानले २०१८ मा सत्तामा रहँदा महँगो सरकारी उपहार बेचेर नाफा कमाएको आरोप प्रमाणित भएको छ । यसअघि पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानको मुद्दाको प्रक्रियाविरुद्धको याचिका खारेज गरेको थियो। पीटीआईका महासचिव उमर अयुब खानले इमरान खानलाई पक्राउ गरिएको बताए । शान्तिपूर्ण विरोध प्रत्येक पाकिस्तानीको संवैधानिक अधिकार हो।
इमरानलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ ।


