१ श्रावण २०८३, शुक्रबार
जाजरकोटको नलगाड नगरपालिकामा माओवादी केन्द्र विजयी
जाजरकोट : जाजरकोटको नलगाड नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । नेकपा माओवादी केन्द्रकी देवका लामिछाने उपप्रमुखमा विजयी भएकी हुन् । उनले ४ हजार २ सय ७२ मत प्राप्त गरेकी छन् । उनकी प्रतिद्वन्दी कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १ सय ४७ मत प्राप्त गरिन् ।
उनीहरूबीच १ हजार १ सय २५ मतान्तर रहेको छ । एमालेकी सुनिता बोहराले २ हजार ५ सय ४२ मत प्राप्त गरेकी छन् । यसअघि २०७९ को निर्वाचनमा कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी थिइन् । गतवर्ष भूकम्पमा परेर उनको निधन भएपछि उपनिर्वाचन गराइएको हो ।
Subscribe
Login
0 Comments



