जाजरकोटमा राप्रपा र नेकपाका काङ्ग्रेस पार्टीमा २ सय बढी प्रवेश जनजागरण हुदै गाउँ गाउँमा

पौष २४ गते जाजरकोट ।देश भर नेपाली काङ्ग्रेसको माहौल बनी रहेको बेला जाजरकोटको कुशे गाँउपालिकामा नेकपा र राप्रपाका २ सय ३५ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । अहिलेको आवस्थामा बर्तमान नेकपा सरकारले बिकासको नाममा झुठो आश्वासन दिएको बुझ्न थालेको बेला ।कुशे गाउँपालिकाको घरंगामा आयोजित नेपाली काँग्रेसको गाँउ जागरण कार्यक्रममा नेपाल कम्नियुष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
गाउँ जागरण अभियानमाका क्रममा नेपाली कांग्रेसले सोमबार घरंगामा विशाल आम सभाको आयोजना गरेको हो । आमसभामा राप्रपा र सत्तारुढ नेकपा परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेपछि काँग्रेस कार्यकर्ता उत्साहित भएका छन् । यस अघि उक्त गाँउपालिका स्थानिय तहको चुनावमा नेपाली काँग्रेसले जितेको छ । नव प्रवेसी स्थानियलाई नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति दीपकजंग शाहले टीका र माला लगाएर स्वागत गरेका थिए । पार्टीमा नव प्रवेशीहरुलाई बधाई दिदै पार्टी सभापति शाहले आगामी स्थानीय तहको निर्वाचनमा कुशे गाउँपालिकामा जनताहरु फेरी पनि नेपाली कांग्रेसको चारतारे झण्डा फहराउन आतुर भएको बताए ।
कम्युनिष्ट सरकारले जनताका अपेक्षा अनुसारको काम गर्न नसकेको बताउदै नेता बेदराज ंिसहंले जनताले अनुभुति गर्ने गरि देशको बिकास गर्न नेपाली कांग्रेसको सरकार हुनु पर्ने बताए । नेपाली कांग्रेसको सरकार गठन गर्नलाई आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्हमा मतदान गर्नुपर्ने नेता सिंहको भनाई रहेको थियो । नव प्रबेशीलाई नेपाली कांग्रेस जाजरकोटका पुर्व पार्टी सभापति सनतकुमार कार्की, महासमित सदस्य रत्न खड्का, गाउँ नगर कमिटि समायोजन केन्द्रिय प्रतिनीधि भीमबहादुर सिंह, सहसचिब धनसरा शाही, नेविसंघका नेता खड्क बिसी लगाएतका नेताहरुले बधाई दिए।समाचार एजेन्सी बाट ।
