३२ असार २०८३, बिहीबार
जानकी गाउँपालिका बाँकेले ९ सय थान कम्बल वितरण
जानकी गाउँपालिका बाँकेले ९०० थान कम्बल वितरण गरेको छ ।
जेष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरेको छ । जाडो मौसममा चिसोले जेष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका व्यक्तिहरु विरामी पर्न थालेपछि गाउँपालिकाले कम्बल वितरण शुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले केही प्राविधिक कारणले कम्बल वितरण गर्न ढिला भएको बताउँदै आगामी दिनहरुमा पनि नागरिकका समस्या समाधानका लागि अन्य सेवा सुविधाहरु थप गर्दै जाने बताए ।
Subscribe
Login
0 Comments



