१ श्रावण २०८३, शुक्रबार
जोगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा हुने
बाँकेको जानकी गाउँपालिकाको जोगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा हुने भएको छ ।
जानकी गाउँपलिका वार्ड नं. २ जेगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा पाँचौ विशाल भण्डाराको तयारी गरिएको हो । उक्त भण्डारालाई भब्यतब्य सम्पन्न गर्नका लागि आवश्यक तयारी तिब्र पारिएको छ ।
विशाल भण्डाराका लागि आवश्यक सहयोगका साथ तयारी अन्तिम चरणमा पुगेको समाजसेवी युवा एवम् ग्रिनसिटी नेपालगन्जका प्रमुख रासिद कुरैसी पप्पुले बताउनुभयो ।
उहाँका अनुसार उक्त भण्डारामा प्रसाद ग्रहणका लागि सम्पुर्णमा आवहान समेत गरिएको छ । मन्दिरमा हरेक वर्ष नियमित रुपमा भण्डारा हुने गर्दछ ।
Subscribe
Login
0 Comments



