९ मंसिर २०८३, मंगलवार

टर्किमा पुरानो चर्चलाई भत्काएर मस्जिद बनाउने योजना

एसीपी संवाददाता

२६ माघ २०८०, शुक्रबार ११:५१ मा प्रकाशित

अंकारा : मुस्लिम देशको ‘खलीफा’ बन्ने सपना देखेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इसाईमाथि मुस्लिमहरुको वर्चस्व देखाउन अर्को पुरानो चर्चलाई मस्जिदमा परिणत गर्ने भएका छन् ।

रास्ट्रपति एर्दोगानले चर्च भत्काई मस्जिद बनाउने आदेश दिएका छ्न ।

आगामी मे महिनामा टर्कीको इस्तानबुल सहरमा रहेको एउटा चर्चलाई मस्जिदमा परिणत गरिने भएको छ । टर्की सरकारको कार्यालयले यो घोषणा गरेको हो। यस गिर्जाघरलाई मस्जिदमा परिणत गर्ने काम अन्तिम चरणमा छ र मे महिनासम्म यसलाई इस्लामिक धार्मिक स्थलमा परिणत गरिने छ ।

फाईल तस्बिर

यसअघि टर्कीको एर्दोगान सरकारले पनि हागिया सोफिया चर्चलाई मस्जिदमा परिणत गरेको थियो, जसको विश्वभर व्यापक विरोध भएको थियो।

टर्कीले एकपछि अर्को चर्चलाई मस्जिदमा परिणत गरिरहेको बेला इस्लामिक देशहरूको संगठन (ओआईसी) यसबारे मौन छ। यो त्यही ओआईसी हो जसले अयोध्यामा राम मन्दिर निर्माणमा आँसु बगाएको थियो । मे महिनामा मस्जिद बनाउने काम सकिएपछि पहिलो पटक नमाज पढ्ने मिति घोषणा गरिने भएको छ । यसअघि चोरा चर्चमा २३ फेब्रुअरीमा नमाज पढाइने दाबी गरिएको थियो । यो छैठौं शताब्दीमा बनेको क्याथोलिक चर्च हो। 1305 र 1320 को बीचमा यसको भित्ताहरूमा येशू ख्रीष्टको चित्रहरू बनाइएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x