१२ मंसिर २०८३, शुक्रबार
टेक्सासको नयाँ कानुनको मुख्य लक्ष्य चिनियाँ नागरिक
एजेन्सी – “अमेरिका र चीनबीचको सम्बन्ध संकटको अवधिबाट गुज्रिरहेको छ। चिनियाँ बेलुनले अमेरिकाको जासुसी गरेको आरोप लागेपछि अमेरिकी प्रशासनको कडा कदम बढ्दै गएको छ। अब अमेरिकी राज्य टेक्सासले यस्तो कानुन बनाउन लागेको छ। त्यहाँ बसोबास गर्ने चिनियाँ नागरिकले टेक्सासमा सम्पत्ति र जग्गा किन्न पाउँदैनन्।टेक्सासका अनुसार राष्ट्रिय सुरक्षाका लागि यो कदम चालिएको हो ।अमेरिकाका अन्य राज्यले पनि यस्तै कानुन बनाउन सक्ने बताइएको छ ।
टेक्सासमा यो कानुन बनेपछि रुसी, इरानी र उत्तर कोरियाली मूलका मानिसले पनि टेक्सासमा सम्पत्ति खरिद गर्न पाउने छैनन् । तर यो कानुनको मुख्य लक्ष्य चिनियाँ नागरिक नै हुन् ।
यो कानून नोभेम्बर २०२२ मा दक्षिणी अमेरिकाको टेक्सासका रिपब्लिकन सिनेटर लोइस कोल्खोर्स्टले तयार पारेका थिए।
Subscribe
Login
0 Comments


