ट्राफिक प्रहरीलाई नेपालगन्जमा लाइसेन्स, ब्लुबुक ,मापसे ,भारतिय नम्बर प्लेटका गाडी खोज्ने अभियान हो र ?
पर्यटन अभियन्ता Shreeram Sigdel लेख्छन्, 
ट्राफिक प्रहरी यसो नियाल्नुस नेपालगन्जका चोक चोकमा एकाबिहानै देखिन्छन । त्यस्तै दिउस तिर तिनै ट्राफिक प्रहरी शहर छेउछाउका घुम्तिमा माल बहाक साधनहरु टिप्पर ट्याक्टर र भारतिय सवारी साधनको खोजिमा देखिन्छन अनि बेलुकी पख ब्रेथलाइजर लिएर सुर्खेतरोडमा देखिन्छन ।
यस्तो लाग्छ ट्राफिक प्रहरीलाई नेपालगन्जमा आइरहदा लाइसेन्स, ब्लुबुक ,मापसे ,भारतिय नम्बर प्लेटका सवारी साधन र माल बहाक सवारी साधन मात्रै चेक जाँच गर्नु भनी पठाइएको हो ।
शहर भित्र ट्राफिक प्रहरीले आफ्नो प्राथमिकतामा राख्न नसकेका र गर्न नचाहेको कुराहरु धेरै छन ।
शहर भित्रको ट्राफिक व्यवस्थापनलाई हेर्ने हो भने फुटपाथ सटरमा कारोबार गर्नेको पुर्ण कब्जामा छ। सडकको सर्विसलेन पार्किङ्ग ,बालु गिट्टी र इट्टा थुपार्ने घाटगद्दी बनेको छ । अझ सडकको आधाभाग र फुटपाथ कब्जा गरेर घण्टौं समान लोड अनलोड गर्नेको ताँती पनि लामै छ । सडकको मध्य भाग इ- रिक्सा ,म्याजिक र बसहरुको बिसौनी बनेका छन ।
पैदलयात्रीलाई जेब्राक्रसबाट बाटो काट्न सिकाउन ट्राफिक प्रहरी सक्रिय भएको बिरलै देख्न पाइन्छ । सवारी चालकहरुलाई ट्राफिक नियम सचेतना गराइएको पनि कतै देखिदैन । शहर भित्र हर्नको कुरा के हो ? स्पिड लिमिट के हो , जेब्रा क्रस के हो ? ट्राफिक लाइट के हो ? पार्किङ्ग के हो ? बिसौनी के हो ? यस तर्फ कहिले काम गर्ने ??
त्यस्तै उपमहानगरले महिनाको लाखौं तिरेर नगर प्रहरी भर्ना गरेको छ । ती नगर प्रहरीले फुटपाथ र सडक अतिक्रमण यत्रतत्र ठेला पार्किङ्ग , छाडा चौपाया हटाउन कार्य गरेको कतै देखिदैन ।
अझ धम्बोजी चोकको मुखैमा रहेको गुलरिया बसपार्क त शहरको सबै भन्दा लज्जित हुने स्थान बनेको छ । सडक कब्जा गरेर २/२ वटा समितिद्वारा बनाइएको बसपार्कले मिनेट मिनेटमा सडक अवरुद्ध गर्ने गरेको छ ।
हेल्लो नगर पिता यो शहर( नेपालगन्ज )को बजार र ट्राफिक व्यवस्थापन कहिले बाट सुरु हुन्छ ? कि यो शहर हिजो पनि अस्त व्यस्त थियो ,आज पनि अस्तव्यस्त छ भोलि पनि यस्तै रहने हो ? दैनिकनेपालगन्ज



