२ श्रावण २०८३, शनिबार

ट्राफिक प्रहरीद्वारा कृष्णनगरमा नागरिक सहायता कक्ष स्थापना

एसीपी संवाददाता

२६ आश्विन २०७७, सोमबार १५:०३ मा प्रकाशित

,असोज, २६ कपिलवस्तुको कृष्णनगरमा ट्राफिक कार्यालय कृष्णनगर द्वारा कृष्णनगरको बस पार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। कपिलवस्तुको कृष्णनगरमा नजिकिएको चाडपर्वलाई लक्षित गरेको नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुको समान्वयमा ट्राफिक कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेका हुन् ।

आउदैँ गरेको नेपालीहरुको महान् चाड विजयादशमी, शुभ दिपावली र छठ पर्वको अवरमा सवारी साधन र यात्रुहरुको चाप लाई मध्य नजर राखि यात्रुहरुलाई पर्न जाने पिरमर्का तथा गुनासो सुनुवाई गर्नुको साथै यात्रु मैत्रि व्यवहार, तोकिएको भाडादर भन्दा बढि भाडा असुल गर्न खोज्नु जस्ता कार्यलाई निरुत्साहित गर्न नागरिक सहायता कक्ष स्थापना गरिएको ट्राफिक कार्यालय कृष्णनगर प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक निरज गौतमले बताउनुभयो सहायता कक्ष ट्राफिक प्रहरी बिट भन्दा केही मिटरको दुरी मा स्थापना गरिएको छ ।

बिटबाटै नागरिकलाई ट्राफिक प्रहरीबाट हुने सहयोग गर्ने ट्राफिक कार्यालय कृष्णनगर प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक निरज गौतमले बताउनुभयो । अघिल्ला वर्षहरुमा भन्दा यस वर्षमा कोरोनाका कारण फरक खालको सुचना ट्राफिक प्रहरीले नागरिकलाई दिने उहाँले बताउनुभयो । कोभिडबाट बच्न, बचाउन, मास्कको अनिवार्य प्रयोग गर्न, सवारीसाधनमा आधा सिटमा मात्रै मान्छे राख्नुस जस्ता सुचनाहरु नागरिकलाई दिईने गौतमले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x