ट्राफिक सचेतना र्याली तथा काल्पनिक सडक दुर्घटना न्यूनिकरण अभ्यास सम्पन्न
नेपालगंज फागुन २३ – जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर ११ बि.पि.चोक देखी धम्बोझी चोक सम्म सडक दुर्घटना न्युनिकरण एवंम सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साथ ट्राफिक सचेतनामुलक र्याली गरि धम्बोझी स्थित काल्पनिक सडक दुर्घटना न्यूनिकरण अभ्यास गरिएको छ ।
कार्यक्रममा नेपालगंज उप-महानगर पालिका प्रमुख प्रसान्त बिष्ट , निमिक्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की , लम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री , नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी , शसस्त्र प्रहरी बल नेपाल नं.३० गण का प्रमुख , सुरक्षित यात्रा नेपालका प्रमुख , बिभिन्न बिमा कम्पनिका प्रमुख एवं पदाधिकारी , मिडियाकर्मी, जनप्रतिनिधी ,महिला संघ, बिभिन्न विद्यालयका शिक्षक एवं विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।




