१२ मंसिर २०८३, शुक्रबार

ट्रिपरको ठक्करबाट बर्दियामा एकको मृत्यु

एसीपी संवाददाता

८ फाल्गुन २०७७, शनिबार ०२:३७ मा प्रकाशित

भुरिगाउँ । ठाकुरबाबा नगरपालिकामा ट्रिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ठाकुरबाबा वडा नं ५, शाहीपुरमा ट्रिपरले ठक्कर दिँदा एक जना मोटरसाइकल चालक चालको मृत्यु भएको हो ।

शुक्रबार साँझ शाहिपुरमा भे १ ख १४८८ नम्बरको ट्रिपरले भे १० प २६४७ नम्बरको मोटरसाइकल किच्दा चालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

घट्नामा कोहलपुर नगरपालिका वडा नं ८ का ३० वर्षीय नवराज बुढाथोकी मृत्यु भएको हो । ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव जिल्ला अस्पताल गुलरियामा लगिएको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x