१५ जेष्ठ २०८१, मंगलवार

ठाकुरबाबा व्यापारिक, पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ हुने

एसीपी संवाददाता

१३ फाल्गुन २०७६, मंगलवार १५:२९ मा प्रकाशित

१३ फागुन, बर्दिया । कला र संस्कृतिलाई संरक्षण गरौं, भ्रमण बर्ष २०२० लाई सफल पारौ” घुम्न जाऔं ठाकुरबाबा नगरपालिका भन्ने मुल नाराका साथमा बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित मिर्चैयामा महोत्सव संचालन हुने भएको छ ।

श्री विहानी युवा बातावरण सुधार क्लव ठाकुरबाबा नगरपालिका वडा नं. ३ मिर्चैयाको आयोजनामा यही फागुन २३ देखि २८ गतेसम्म ठाकुरबाबा व्यापारिक, पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ हुन लागेको हो । हाम्रो देश नेपालले भ्रमण बर्ष २०२० घोषणा गरेकोमा यस क्षेत्रका आदिवासी जनजाति लगायत अन्य समुदायको सांस्कृति लोप हुदै गैरहेको अवस्थामा यसलाई प्रवद्र्धन गर्ने र प्रचारप्रसार गर्ने उद्देश्यका साथ विकासमा थप सहयोग गर्ने उद्देश्यले ठाकुरबाबा व्यापारिक, पर्यटन तथा सांस्कृतिक महोत्सव कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक टिमका संयोजक गोविन्द कुश्माले जानकारी दिनुभयो ।

महोत्सवमा ठाकुरबाबा नगरपालिकाका बर्दिया राष्ट्रिय निकुञ्ज, गोविन्दपुर होमस्टे, बबई नदि, सामुदायिक बन लगायतका हेर्न लायक ठाउँलाई अझ पर्यटन प्रवद्धर्न गर्नको लागि महोत्सव संचालन गर्न लागिएको उहाँले जानकारी गराउनुभयो । महोत्सवमा सांस्कृतिक नाच, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, मनोरञ्जनात्मक खेल, झुला, पिङ, मौतका कुवा, लगायत एकैदिन ४० बढि कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवका मुख्य आकर्षक कलाकारहरु चर्चित नायक विराज भट्ट, गायक चक्र बम, गायक दिपेन चौधरी, चर्चित गायक राज कुश्मी, चर्चित गायीका अन्जु कुश्मी, मोडेल÷डान्सर सुमित्रा चौधरी, मोडेल डान्सर ममता चौधरी, खेम भौगरिया, गायीका श्रीदेवी चौधरी, गायक अशोक चौधरी, गायक मिलन चौधरी, गायक विश्वसागर परियार, गायीका समिक्षा चौधरी, लोकपप गायक दर्पण कुशुम्या, गायीका संन्जिता चौधरी, गायक जनक चौधरी, चर्चित मोडल विवश चौधरी, चर्चित मोडेल सुनिता दहित, मोडेल निरमला चौधरी, मोडल नरेश चौधरी देवदास, डान्स कोरियोग्राफर प्रदिप चौधरी, मोडल राजकुमार चौधरी, हास्य कलाकार सत्यनारायण चौधरी फेटारा, मोडेल प्रमिला चौधरी, मोडल लक्ष्मी चौधरी, मोडेल पुजा चौधरी, मोडेल रुपा चौधरी, मोडेल संन्जिता चौधरी, मोडल विमल चौधरी, मोडल गौतम, मोडल सन्दिप विसी, कलाकार सुनिता चौधरी, सुरज चौधरी, जेनिसा चौधरी, गोपाल नेपाल जिएम, श्री प्रसाद थारु रहेका छन् ।

महोत्सवमा ५० हजार दर्शकले अवलोकलन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । महोत्सवमा कुल २० लाख खर्च लाग्ने आयोजकले जनाएको छ भने महोत्सवबाट आएको आम्दानीबाट सामाजिक कार्यमा लगानी गर्ने महोत्सव मुल समितिका संयोजक भगतराम थारुले जानकारी गराउनुभयो । महोत्सवमा प्रवेशका लागि टिकट शुल्क लाग्ने संयोजक थारुले जानकारी गराउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x