२ श्रावण २०८३, शनिबार

डा.गोविन्द केसीको समर्थनमा ९ देखि ११ बजेसम्म दुई घण्टा बहिष्कार गर्ने

एसीपी संवाददाता

२१ आश्विन २०७७, बुधबार १५:४५ मा प्रकाशित

काठमाडौँ — नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।

प्राध्यापक डा. गोविन्द केसी को १९ औं आमरण अनशनको २४ औं दिन पुगिसक्दा समेत सरकारले वार्ताटोली पनि गठन नगरी बेवास्ता गरेकोप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएकोसमेत बताएको छ । संघले जारी गरेको विज्ञप्तिमा बिहीबार दुई घण्टा र शुक्रबार पूरै दिन आकस्मिक र कोभिड १९ बाहेकका सेवा बहिष्कार गर्ने उल्लेख गरिएको छ ।
संघले असोज २२ गते, बिहीबार, बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगणमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दैै धर्ना गर्ने निर्णय समेत गरेको छ । असोज १८ गतेका दिन डा. केसीको जीवनरक्षाका निम्ती नेपाल सरकारलाई ७२ घण्टाको समयावधि उपलब्ध गराई वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट अबिलम्ब सत्याग्रहको अन्त्य गर्न आग्रह गरे पनि सरकारले वार्ताटोली पनि गठन नगरी बेवास्ता गरेको कारण संघले विरोधको कार्यक्रम अगाडि सारेको स्पष्ट पारेको छ ।
संघद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । संघले अझै पनि नेपाल सरकारलाई कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सेवा प्रवाहमा उत्पन्न हुनसक्ने गम्भीर परिस्थितिप्रति गहन रुपमा मनन गरी अबिलम्व वार्ताटोली गठन गरेर वार्ता र संवादको माध्यमद्वारा समाधान को माग गरेको छ । साभार इकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x