१७ भाद्र २०८३, बुधबार

डुडुवाबाट दुई वटा टिपर बाँके प्रहरीको नियन्त्रणमा

एसीपी संवाददाता

२१ फाल्गुन २०८१, बुधबार १२:०७ मा प्रकाशित

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार पर्ने दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।

आज बिहानै बाँके प्रहरीले डुडुवा गाउँपालिका-५ स्थित मिलन चोकबाट अवैध रुपले नदिजन्य पदार्थ लोड  गरेर आउँदै गरेका दुई वटा टिपरलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार भे १ क १८१६ र भे १ क १८६१ नम्बरका टिपरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x