डुडुवामा जनमत जनमत
जनमतको वडा अधिवेशन कार्यक्रम बाँके जनमतको तीब्र भएको छ । आज पनि डुडुवा -१ को वडा अधिवेशन चयन गरेको छ,डुडुवा-१ होलियाको वडा अधिवेशन सम्पन्न अध्यक्षमा मूने अहमद चयन। डुडुवा गा.पा. वडा नं.१ को वडा कमिटि गठन भएको छ।

अध्यक्ष लगायत११ जनाको समिति चयन भएको छ, अध्यक्षमा मूने अहमद, उपाध्यक्ष बिमला बर्मा, सचिव सन्जु शाहू, कोषाध्यक्ष आरिफ दर्जी, सदस्यद्वय जाहिरुन निशा खाँ, अजय सोनकर, मोलहे बडही, मायावती बर्मा, मनोरानी भुजवा, इमाम अलि दर्जी र हरजराम लोनिया रहेका छन।
आजको कार्यक्रम मूने अहमदको अध्यक्षतामा गरिएको छ भने कार्यक्रम उद्घोषण कार्य हरपाल सिंह सोडीले गरेका थिए त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका नेता केन्द्रीय सदस्य इरफान अहमद शेष थिए, वक्ताहरुमा जिल्ला सदस्य अब्दुल वाहिद शेष, रियाज अंसारी, शैलेन्द्र कुमार कर्ण लगायतका नेताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि इरफान शेषले अबको बिकल्प जनमत नै रहेको कुरा प्रष्ट पारेका छन, मधेशी राजनीतिक कर्मीको बिकल्प अब स्वराजिहरुनै रहेको कुरा समेत भनेको भने ।



