डुडुवा गाउँपालिकाद्वारा कुष्ठरोग उपचार पुरा गरेका २९ जना विरामीलाई जुत्ता वितरण
बाँके डुडुवा गाउँपालिकामा कुष्ठरोग उपचार पुरा गरेका विरामीहरुलाई जुत्ता वितरण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाले मंगलबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अन्तरगत रहेका २९ जना कुष्ठरोगीलाई जुत्ता वितरण गरेको हो ।

जुत्ता वितरण गर्दै गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले कुनै पनि नागरिकले रोग लुकाउन नहुने भन्दै रोगको निदान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाका नागरिकलाई स्वास्थ्य समस्या आउन नदिनका लागि गुणस्तरिय निशुल्क स्वास्थ्य सेवासंगै निशुल्क प्रयोगशालाको व्यवस्थापन गरेको भन्दै जटिल समस्या बाहेक सम्पुर्ण रोगको उपचार तथा औषधी वितरण ्गाउपालिका स्तरमा हुने गरेको बताउनुभयो ।

विरामीलाई हिड्डुल तथा आवत जावतमा सहज र जटिलताबाट जोगाउनका लागि जुत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । जुत्ता पाएपछि विरामीहरुले आफुहरुलाई आवत जावतमा सहज हुने प्रतिक्रिया दिएका थिए । कार्यक्रममा बेतहनी स्वास्थ्य चौकीका इन्चार्ज हेमन्त शर्मा लगायतको सहभागिता रहेको थियो ।



