३२ असार २०८३, बिहीबार

तराई-मधेशको सबैभन्दा ठूलो दल बनाउने गरी जनमत र नाउपाको एकता तयारी

एसीपी संवाददाता

२३ फाल्गुन २०८१, शुक्रबार ०९:२१ मा प्रकाशित

बर्दिबासमा आगामी २५ र २६ केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यसले एकताको प्रक्रियालाई अगाडी बढाउने प्रवक्ता डा. यादवले जानकारी दिए ।

‘पहिचानको लागि लडिरहेका शक्तिहरू एक हुनुपर्छ भनेर हामी नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्न लागेका हौँ’ उनले भने, ‘हाम्रो एकताको प्रक्रियालाई आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्छ । उहाँहरूले पनि केन्द्रीय समितिबाट अनुमोदन गरेर चाँडै दुवै पार्टीबीच एकता हुन्छ।’

यादवले राज्यसत्ताको विभेदविरुद्ध शक्ति निर्माण गरेरै खडा हुनुपर्ने निष्कर्ष आफूहरूले निकालेको पनि सुनाए। ‘थारूहरूमाथि पनि विभेद छ। यसमा हामी मिलेरै अगाडि बढ्ने भन्ने सहमति भएको छ। पहिले पनि हामीले कार्यगत एकता गरेका हौँ। जनताका हक र हितका लागि अब हामी मिल्दै छौँ,’ उनले भने।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x