तरुण दलको बिरोधमा प्रहरीको धर पकड
नेपाल तरुण दलले नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ। काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथी बुधबार तनहुँमा प्रहरीले गरेको दुर्ब्यबहारका साथै धरपकडको विरोधमा नेपाल तरुण दल बाँकेले बिहिवार नेपालगन्जमा बिरोध प्रदर्शन गरेको हो ।
तरुण दल बाँकेले नेपालगन्जको वीपीचोकमा टायर बाल्दै प्रदर्शन थियो। टायर बालेर बिरोध प्रदर्शन गर्ने क्रममा कार्यकर्ता र प्रहरीबीच धरपकड समेत परेको थियो । कार्ययकर्ताहरुलाई प्रहरीले धरपकड गरेपछि प्रहरीसँग विवाद उत्पन्न भएको थियो । बिरोध प्रदर्शनमा बाँके सचिव बिनोद रिजालले नेतृत्व गरेका थिए। प्रदर्शन पछि तरुण दलले कोणसभा गर्दै कार्यक्रम समाप्त गरेको थियो।
कोण सभामा नेपाली काँग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति रमेश गुप्ता, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्ट, नेपाल तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहले सरकारलाई सर्वसत्तावाद लाद्ने प्रयास नगर्न चेतावनी दिदै अब उप्रान्त यस्ता गतिविधि गरे झनै कडा रुपमा उत्रिने बताएका थिए।


