२१ भाद्र २०८३, आईतवार

तिब्बत–नेपाल सीमा क्षेत्रमा हाइड्रो आयोजनाले थप जोखिमको खतरा

एसीपी संवाददाता

२१ भाद्र २०८३, आईतवार १४:१९ मा प्रकाशित

एजेन्सी – तिब्बतसँग जोडिएको नेपाल–चीन सीमा क्षेत्रमा पछिल्लो विनाशकारी बाढी र पहिरोले ठूलो जनधनको क्षति गराएको हुन सल्ने अनुमान हुन थालेको छ ।

रसुवालगायतका क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूले प्रभावित गरेको हुने अनुमान रहेको छ ।
यस्तो संवेदनशील हिमाली भूभागमा हाइड्रो आयोजना निर्माण र सञ्चालनअघि भूगर्भीय जोखिम, हिमनदी विस्फोट, पहिरो तथा आकस्मिक बाढीको वैज्ञानिक अध्ययन अनिवार्य हुनुपर्ने माग उठ्न थालेको छ।

नेपालले अब प्रश्न गर्नुपर्ने बेला आएको छ—
सीमा क्षेत्रका अत्यन्त जोखिमयुक्त स्थानमा हाइड्रो आयोजना निर्माणलाई निरन्तरता दिने कि
पहिले सुरक्षा र वातावरणीय जोखिमको पुनर्मूल्यांकन गर्ने ?

👉 जनताको ज्यानभन्दा ठूलो कुनै आयोजना हुन सक्दैन।

👉 जोखिम प्रमाणित भएका स्थानमा आयोजना रोक्ने वा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा सरकारले गम्भीर निर्णय गर्नुपर्छ।

👉 नेपाल–चीनबीच हिमनदी, नदीको पानी र पहिरोसम्बन्धी रियल टाइम सूचना आदान–प्रदान तथा पूर्वसूचना प्रणाली अझ बलियो बनाउन आवश्यक छ।
विकास चाहिन्छ, तर जनताको सुरक्षाको मूल्यमा होइन बिकास गर्न प्राकृतिक बिनास गर्न पाइदैन ।

यसबारेमा नेपाली जनतालाई सचेत हुन जरुरी रहेको छ । नेपाल सरकारले गर्ने सम्झौतामा हाम्रो  प्राकृतिक सम्पदा , धार्मिक धरोहर , इतिहासिक मान्यतालाइध्यानमा राख्न जरुरी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x