१२ मंसिर २०८३, शुक्रबार

तोकेकै मितिमा निर्वाचन हुने प्रधानमन्त्रीको ठोकुवा

एसीपी संवाददाता

१८ माघ २०७७, आईतवार ०५:५७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तोकेकै मितिमै निर्वाचन हुने ठोकुवा गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चितवनको भरतपुरमा आयोजना गरेको वृहत आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगमी वैशाख १७ गते पहिलो चरण र वैशाख २७ गते दोस्रो चरणको निर्वाचन हुने ठोकुवा गर्नुभएको हो । जनताको माझमा जान डराउने व्यक्तिहरुले यो निर्वाचन हुँदैन भनेर भ्रम छर्ने काम गरेका ओलीले बताउनुभयो । कतिपय व्यक्तिले सरकारले घोषणा गरेको चुनाव अलमल्याउनका लागि हो भनेर भनिरहेको भन्दै प्रधानमन्त्रीले ती व्यक्तिहरु अल्मलिँदै गर्ने तर चुनाव तोकिएकै मितिमा हुने दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले यसअघि कुनै पनि कठिन परिस्थितिमा घुँडा नटेकेको भन्दै नेपालको स्वाभिमान बचाउन आफूले अगुवाई गर्ने बताउनुभयो । उहाँले देशको रक्षाका लागि आफूले नेतृत्व गर्ने भन्दै जनतालई धोका नदिनेसमेत बताउनुभयो । त्यस्तै उहाँले केही वर्षभित्र जनताले अनुभूत गर्ने गरी विकास गर्न सरकार लागीपरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले जनसभालाई सम्बोधन गर्नुअघि नारायणगढको पुलचोकदेखि गोन्द्राङ सडक ६ लेनमा विस्तार गर्नका लागि शिलान्यास गर्नुभएको थियो । एक अर्ब १२ करोड ४५ लाख रुपैयाँको लागतमा विस्तार हुने सडक दुई वर्षभित्र निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । त्यस्तै ओलीले शनिबारनै भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको सिटीहलको समेत शिलान्यास गर्नुभएको छ । ८७ करोड ८८ लाख रुपैयाँमा २७ महिनाभित्र निर्माण सम्पन्न हुने सिटी हल दुई हजार जना क्षमताको रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x