२ श्रावण २०८३, शनिबार

थप एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

एसीपी संवाददाता

२९ कार्तिक २०७७, शनिबार १२:१० मा प्रकाशित

थप एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा शनिवार दिउँसो गेरुवा १ का ३५ बर्षीय पुरुषको मृत्यु छ ।

बर्दियाको गेरुवा गाउँपालिका १ का ३५ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट थप उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा दिउँसो सवा १२ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि आज विहान साढे ७ बजे उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको कोभिडको आशंकामा विहान ८ बजे स्वाब लिइएको थियो । मृत्युपछि दिउँसो ३ बजे उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो । यो संगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x