दाताले दिएको सहयोगमा पनि भ्रष्टाचार – देउबा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ । शुक्रबार सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले बनाएको कोरोना अनुगमन समितिको प्रतिवेदन बुझ्दै गरिब जनतालाई निःशुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको आरोप लगाउनु भएको हो । त्यस्तै उहाँले कोरोना नियन्त्रणका लागि खरिद गरिएको सामग्रीदेखि दाताले दिएको सहयोगमा पनि सरकारले भ्रष्टाचार गरेको आरोप लगाउनुभयो । सभापति देउवाले पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको बताउनसभयो ।
- सरकार विरुद्ध मण्डलामा मैनबत्ति जुलुस र विरोध सभा
- अवधी पत्रकार संघको भवन निमार्णका लागि जग्गाको नक्सांकन
- कोरोना संक्रमित एक पुरुषको मृत्यू , थप १७ जना डिष्चार्ज
अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको उहाँको आरोप छ। सरकारले आवश्यकताअनुसार तत्काल भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार नगरे आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले कोरोना रोकथाम तथा नियन्त्रणमा जति खर्च भए पनि कांग्रेसले निशर्त सहयोग गर्ने बताए पनि सरकारले जनताका पक्षमा काम नगरेको बताउनुभयो । जनताका पक्षमा सरकारले काम नगरे संसद बैठक डाक्न पनि पार्टीले माग गर्ने बताउनुभयो । उहाँले दसैंलगत्तै संसद बैठक बोलाएर सरकारलाई जनताका पक्षमा काम गर्न बाध्य बनाइछाड्ने बताउनुभयो ।
कोरोना अनुगमन समितिका संयोजकत्व तथा सहमहामन्त्री प्रकाशशरण महतले कोभिड १९ अनुगमन समितिको प्रतिवेदन सभापतिलाई हस्तान्तरण गर्दै सरकारको प्रोपागाण्डा शैलीमा प्रस्तुत भएर जनतालाई गलत सूचना प्रवाह गरेको आरोप लगाउनुभयो ।
उहाँले सरोकारवालासँग छलफल गरेर यर्थाथका आधारमा सरकारलाई लगातार रुपमा ध्यानाकर्षण गरिरहेको भएपनि सरकारले खासै ध्यान नदिएको उहाँले आरोप लगाउनुभयो । त्यस्तै उहाँले विविध क्षेत्रलाई समेटेर तयार पारिएको संक्षिप्त प्रतिवेदन सभापतिलाई बुझाएको जानकारी निुभयो । कोरोनाका कारण लाखौँ युवा बेरोजगार भएको र गरिबी दर ह्वात्तै बढेको उहाँले बताउनुभयो ।




[…] […]